चट्याङ मास्टरचट्याङ उप–देश अर्थात चट्याङ प्रदेश !
१.
कति केटीका पछि पछि लाग्नु ?
हिंडदा हिंडदा किन त्यति थाक्नु ?
बरु पानी–पुरीको पसल थाप्नु
केटी सप्पै त्यहीँ झुम्मिन्छन्
नपरोस् हिँड्न नपरोस थाक्नु ।
२.
अमूल्य जीवन हँसीमजाकमा किन फाल्नु ?
बरु गम्भीर बन्नु सोच्नु, बिचार्नु
मसान घाटमा गई पलेँती कस्नु
गम्भीर सप्पै त्यहीँ आइपुग्छन्
जति गम्भीर बन्नु छ बन्नु ।
३.
दुर्लभ मानव जीवन पाउनु
त्यो पनि दिक्क मान्दै बिताउनु ?
बरु हाँस्नु, खेल्नु, रम्नु, रमाउनु
संसद भवन गई सिट समाउनु
सब मस्ताना त्यही आइपुग्छन्
खुब हाँस्नु अनि हसाउनु ।
४.
राजा मात्रै किन ?,
राजाहरूको पनि राजा महाराजा बन्नु
गेरु बस्त्र धारण गर्नु
सबले “महाराज” सम्बोधन गर्छन्
अनि तिनै लोकमा शासन चलाउनु ।
५.
वरिपरि धनी देखि कति डाहले मर्नु ?
बरु माग्नेहरू बिच गई बस्नु तर नमाग्नु
अरु सब माग्ने तपाईं नमाग्ने
अरुभन्दा धनी भई मक्ख पर्नु ।
६.
मिहिनेत गर्नु, आजको कामलाई भोलि नभन्नु
पसि या निकोर्सि भने भई हाल्छ,
आज मजासँग आराम गर्नु
पसि निर्कोर्सि पछि पनि फेरि पर्सि निकोर्सि आउँछ
आजको कामलाई भोलि नभन्नु ।
७.
समाजका ठुलाबडाको सङ्गत गर्नु
तर कति सब तिनका ढोकाढोका चहार्नु ?
बरु अपराध केही गरी झ्यालखान पर्नु
समाजका ठुला बडा सब एकदिन त्यहीँ आइपुग्छन्
ठुलाबडाको सङ्गत गर्नु ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































