साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेड नम्बर मेटिएका बेडहरू

Nepal Telecom ad

मध्ययुगीन अन्धकारको
एउटा विराट शून्यतालाई चिरेर
यति अमूर्त लयमा
को रुँदै छ बाहिर ?
‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’
कि कुनै शास्त्रीय सङ्गीतको
द्रूतबिलम्वित लय हो यो ?
कि असङ्ख्य जङ्गली पशुहरूको
एउटा अशुभ कोरस हो यो ?
को रुँदै छ बाहिर !
सायद बाहिर
मान्छेहरू, कुक्कुरहरू र स्यालहरू
एउटै लयमा रोइरहेका छन् रू
र भित्र तिमी यतिखेर
आर्यघाटको कुनै चिसो चितामा
कि कुनै सरकारी अस्पतालको
बेड नम्बर मेटिएको बेडमा सुतेका छौ !
देशबहादुर परियार !
‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’
तिमैरो आवाज पनि
बाहिर रोइरहेका
मानिस र पशुहरूको जस्तै अनौठो छ !
अब खोल आँखा
र कवि श्याम तमोटको
जागृति गीत गाउँदै गाउँदै—
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ !
यदि उठ्न सकेनौ भने पनि
अब खोल आँखा
र माथि सिलिङमा हेर !
सिलिङमा
एउटी मैच्याङ जस्तै माकुरी
आवाज बिनाको गीत गाउँदै
बुनिरहेकी छ गलैँचा !
भित्तामा हेर भित्तामा !
मानबहादुर जस्तै माउसुली
लुकीलुकी चोर आँखाले
हेरिरहेको छ उसलाई !

माकुरीको मसिनु धागोमा
झुन्डिएको छ एउटा मधुरो बत्ती !
त्यही बत्तीबाट बुरबुर बुरबुर
भुइँमा झरिरहेको छ
तिम्रो सपना जस्तै
उज्यालोको धूलो !
सिरकमा हेर सिरकमा !
कलाकार किरण मानन्धरका
अमूर्त तैलचित्र जस्तै
कटकटिएका छन्
पीप र रगतका
उत्तरआधुुनिक टाटाहरू !
तिनै टाटाहरूबाट बनेको छ
तिम्रो नयाँ देशको
एउटा विखण्डित मानचित्र !

देशबहादुर परियार !
अगाडिको बेडमा हेर—
निमोनियाले थलिएको
एउटा गोर्की जस्तो बालक
चिसा आँखाहरू खुलै छाडेर
पर्खिरहेको छ आमालाई !
आँखामा हेर आँखामा !
ओखती किन्न गएकी आमा
बाटामा उतै हराएपछि
उसको आँखाबाट पनि
बुरबुर बुरबुर झरिरहेको छ
तिम्रो छोराको पानीफोटो जस्तै
ब्ल्याक एन्ड ह्वाइट
सपनाको धूलो !
दायाँपटिको बेडमा हेर—
बाटुला आँखा
र चुच्चो नाक भएको
एउटा तागाधारी बाहुन
रुमालभरि
पहेलो रगत छादिरहेको छ !
सायद ऊ कर्नालीको किनारैकिनार
खसी बेच्न झरेको
तिम्ररै मितबाबु
हरिप्रसाद पन्त हुनुपर्छ !
बायाँपटिको बेडमा हेर—
चिम्सा आँखा
र थेप्चो नाक भएको
एउटा मतुवाली युवक
रातभरि मुटु दुखेर
सात सयपल्ट मूच्र्छा परिरहेको छ !
सायद ऊ तिम्रै दुःखको कविता लेख्ने
कुनै सुदूर किनाराको कवि
देवान किराँती हुनुपर्छ !
कालो वणर््ँको
एउटा सिकुटे मधेसी
सलाइनको बोतलमा
निधार ठोकेर रुँदै छ अर्को बेडमा !
नजिकै उसकी श्रीमती
ओखतीको बिलले !
पुछिरहेकी छ आफ्नो आँसु !
नियालेर हेर उसलाई—
सायद ऊ
तिम्रो बिग्रिएको रेडियो बनाउने
मिस्त्री मगनीलाल थारु हुनुपर्छ !
पर कुनाको अर्को बेडमा
दुवै आँखा फुटाइएकी
मदर टेरेसा जस्ती आइमाई
‘म बोक्सी होइन’ भन्दै
समयको कपाल लुछीलुछी
रोइरहेकी छ निरन्तर !
सायद ऊ
मानिसको मलमूत्र खुवाइएकी
कल्लीकुमारी
कि मरणीदेवी हुनुपर्छ !
पछाडिपटिको बेडमा हेर !
मगज बिग्रिएको
गोपालप्रसाद रिमाल जस्तो
एउटा अनाम विद्रोही
घरि आफैलाई
घरि सरकारलाई
गाली गर्दै रोइरहेको छ !
सायद ऊ कुनै
भूमिगत पार्टीबाट निष्काशित
कमरेड तुफान विक्रम के.सी. हुनुपर्छ !
‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’
यो किनाराको आवाज हो
कि मूलधारको आवाज हो ?
यो तिम्रो समयको सक्कली आवाज हो
कि कुनै कृत्रिम आवाज हो ?
आवाजै आवाज मिसिएर बनेको
यो अनौठो कोरस के हो ?
देशबहादुर परियार !
समय हेर समय
यो सरकारी अस्पतालको
पर्खालभित्र र पर्खालबाहिर
यति अमूर्त लयमा
चारैतिर को रुँदै छ यसरी ?
उनीहरूलाई बेहोस बनाउने
सुई बोकेका डाक्टर र नर्सहरू
अहिले आफै बेपत्ता छन् !
एम्बुलेन्स र शवबाहनहरू बेपत्ता छन् !
बिरामी सुतेका बेडहरूमा
मेटिएको छ बेड नम्बर !
आवाजको पहिचान हराएको बेला
मध्ययुगीन अन्धकारको
यो विराट शून्यतालाई चिरेर
को रुँदै छ यति अमूर्त र अस्पष्ट लयमा ?
पहिचानवादीहरू रुँदै छन्
कि पहिचान विरोधीहरू रुँदै छन् ?
कि दुवै थरी मिलेर
लगाइरहेछन् एउटै नारा ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x