साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञामा चिनिया लेखकहरूलाई स्वागत

Nepal Telecom ad

काठमाडौंं/०७१ पुस ३ । वाङ लि पिङको नेतृत्वमा आएको ६ सदस्यीय चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डललाई नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज विशेष समारोहका बिच स्वागत गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले पुष्पगुच्छा र कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली ढाका टोपी तथा ढाकाको पछ्यौरा पहिराएर चिनिया लेखकहरूलाई स्वागत गर्नुभएको थियो ।

स्वागत समारोहमा कुलपति उप्रेतीले सदियौँ पुरानो चिन र नेपालको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ र समयानुकूल बनाउन यस किसिमको भ्रमण आदान प्रदान आरम्भ भएको बताउनु भयो ।

प्रज्ञा– प्रतिष्ठानको निमन्त्रणमा नेपाल आएको चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डल समक्ष कुलपति उप्रेतीले लेखक सङ्घ र प्रज्ञा–प्रतिष्ठान बिच साहित्यिक एवम् सांस्कृतिक सहकार्यका लागि तत्काल अनुवाद परियोजनाको कार्य थालनी गर्ने प्रस्ताव राख्नु भएको छ ।

नेपाल चिन सम्बन्ध आरम्भ भएको सन् २०१५ मा ६० वर्ष लाग्ने छ । यस अवसरमा नेपाली लेखक र चिनिया लेखकहरूलाई सहभागी बनाएर स्तरीय साहित्यिक कार्यक्रमको आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

स्रष्टाहरूको भ्रमण आदान प्रदान गर्ने, प्रतिनिधि नेपाली आधुनिक कविता र कथाहरू अनुवाद गरी चिनिया भाषामा र चिनिया कविताहरू एवम् आख्यानहरूको अनुवाद गरी नेपाली भाषामा सङ्ग्रह प्रकाशित गर्न प्रस्ताव गरिएको छ ।

चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डलको प्रमुख वाङ लि–पिङले धन्यवाद ज्ञापन गर्दै हाम्रा साहित्यिक सिर्जना र स्रष्टाहरूो भ्रमण आदान प्रदानले हाम्रा दुबै देश लाभान्वित हुने बताउनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले राखेको प्रस्ताव सामयिक रहेको र यसलाई यथाशीघ्र प्रक्रियामा लैजाने बताउनु भयो ।

समारोहमा सहभागी प्राज्ञहरू र चिनिया लेखकहरू बिच सामयिक चिनिया साहित्यका बारेमा अन्तरक्रिया गरिएको थियो । वाङ लि–पिङ प्रमुख रहेको प्रतिनिधि मण्डलमा लि जियो पिङ, गे होङ गिउ, वीलिजी बातुका साथै दुई महिला लेखिका चेङ छिओ छिङ र यान सिछे रहेका छन् ।

टोलीले आजै प्रतिनिधि नेपाली लेखकहरूसँग प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा भेटघाट र अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियाका क्रममा डा. गोविन्दराज भट्राईले एक शताब्दीको नेपाली साहित्य लेखन बारे अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी चिनिया साहित्य लेखनको एक शताब्दीको यात्रामा केन्द्रित रहेर वाङ लि–पिङले प्रस्तुत गर्नु भएको थियो । नेपाली स्रष्टाहरू बैरागी काइला, वासुदेव त्रिपाठी, माधव पोखरेल, तुलसी भट्टराई, जयराज पन्त, मोदनाथ प्रश्रित, सुलोचना मानन्धर आदिले चिनिया साहित्यका विविध पक्षमाथि जिज्ञासा राख्नु भएको थियो । स्रष्टाहरू गीता केशरी, विजय सुब्बा, बेञ्जु शर्मा, रत्नमणि नेपाल, माया ठकुरी, विष्णुराज आत्रेय, मञ्जु निरौला श्याम रिमाल आदि स्रष्टा सहभागी हुनुहुन्थ्यो ।

टोलीले लुम्बिनी, भक्तपुर, बसन्तपुर दरवार, स्वयम्भु जस्ता सांस्कृतिक र पुरातात्विक महत्त्वका स्थानहरूको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्रदेव गिरीले बताउनु भएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x