साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे कि सभासद् ?

Nepal Telecom ad

साँढे हौ कि तिमी सभासद भनी छुट्ट्याउनै मुस्किल
गर्छौ आपसमा कुटाकुट सधैं देखाइ मूढे बल
कुर्सी, माइक भाँच्तछौ सदनमा नारा लगाईकन ?
हो–हल्ला पनि गर्दछौ सँग बसी खान्छौ मिलेरै किन ? ।।१।।

कुस्तीबाज भनौं कतैतिर गई खेल्दैन कुस्ती पनि
मुक्केबाज भनौं त खेल कहिल्यै गर्दैन स्पर्धा पनि
हुन् विद्वान भनौं अनेक थरिका गर्छन् बखेडा त्यता
भत्ता मात्र पचाउने नकचरोझैँ लाग्न थाल्यो यता ।।२।।

उम्मेद्वार चुनावमा जब हुँदा ठूला प्रतिज्ञा गरे
आफ्नै बोल–कबोलको पनि सधैं आफैं अवज्ञा गरे
देखायौ अहिले विधायक हुँदा उद्दण्डताको मति
के लेख्छौ अब संविधान भन लौ यस्तो छ तिम्रै गति ।।३।।

खुर्सानी र धुलो लिएर सँगमा बस्छौ तिमी बैठक ?
पाए चक्कु, छुरी भिरी सदनमा जान्थ्यौ बनी लठ्ठक
हिंसा, त्रासद, तोडफोड अझ ता नेपाल बन्दै पनि
कस्ता तुच्छ विचारका जनहरू आयौ सभासद् बनी ।।४।।

नारीका अपमान खातिर तिमी देखा पर्रयौ हिंस्रक
ती सम्वेदनशील अङ्ग करले छाम्ने तिमी पातक
रोगी वा विधवा समेत नभनी ताकेर हिर्काउँछौ ?
को हो दुश्मन, मित्रशक्ति कुन हो खै के र छुट्ट्याउँछौ ?।।५।।

गथ्र्यौ भाषण ‘एक वर्षभरिमा लेख्छौँ विधानै पनि
पूरा शक्ति लगाउँछौँ मुलुकमा दिन्छौँ व्यवस्था’ भनी
वाचा– बन्धन गाउँका कति थिए नेपाल फेर्ने नयाँ
पानी बोतल फेरियो तर तिमी ता फेरिएनौ नयाँ ।।६।।

कस्तो साहस देखियो सदनमा बेशर्म दुस्साहस
यस्ता तुच्छ कुरा सुने जगतले लज्जा स्वयं मान्दछ
उल्टै लाज पचाइ भाषण ग¥यौ ‘हौं क्रान्तिकारी’ भनी
हेर्दामा व्यवहार होइन तिमी राम्रो सभासद् पनि ।।७।।

पैसा खर्च गरी चुनाव जितिने गर्छौ तिमी धाँधली
कब्जामा मतदान केन्द्र पहिल्यै पार्छौ स्वयं नक्कली
साटासाट गरेर बाकस धरी हार्ने यहाँ जित्दछ
जित्ने चाहिँ सधैं अयोग्य ठहरी जिल्लातिरै फिर्दछ ।।८।।

उम्मेद्वार समेत योग्य नहुने गाँढा र गोर्चा हुने
गुण्डानायक पत्रु नै सदनमा मान्छे निकै आउने
बोल्छौ तैपनि आफू मात्र गतिलो हौं सर्वहारा भनी
भत्ता खाइ गरीबका रगतको लाजै नमान्ने तिमी ।।९।।

के संस्कार बस्यो र संस्कृति बन्यो यस्तो उपद्रो हुँदा
हेर्छन् मौन बसी सभामुख यहाँ ती शक्तिशाली छँदा
गुण्डा सांसदबाट बच्दछ कहाँ माथ्लो सभाको छवि ?
लेखिन्थ्यो किन संविधान जनताको पक्षमा यद्यपि ?।।१०।।
महाकवि देवकोटा आश्रम, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
एक ज्येष्ठ नागरिकको कथा

एक ज्येष्ठ नागरिकको कथा

ज्यो. रत्ननिधि रेग्मी
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x