साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री न्यारोबडी विमानदेवी परमेश्वरीको- जय !

Nepal Telecom ad

हे ए-३२० न्यारोबडी विमानदेवी परमेश्वरी ! तिमीलाई हाम्रो कोटी कोटी प्रणाम । हाम्रो वायुसेवा निगमको आँगनमा तिमीले २७ वर्षपछि आफ्ना पवित्र पाउ राख्यौ, हामी धन्य भयौँ । हामीले पाताल प्रदेशबाट तिमीलाई ल्याएको हुँदा सर्वप्रथम तिलानी-पानी छर्केर तिमीलाई चोख्याएका छाैँ । साढे सात करोड डलरको ठूलो धनराशि खनखन्ती तिरेर ल्याएको हुँदा तिमीलाई नेपाल भूमिमा साढे सातको दशा नलागोस् भनेर विशेष पूजा अर्चना गरेका छौँ । विगतमा हामी \’पञ्चमहाभूतहरू\’ अर्थात् कमिसन, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, निकम्मा व्यवस्थापन र ठग कर्मचारी मिलेर बिटुल्याएको अन्तर्राष्ट्रिय विमानस्थलको आँगनलाई पवित्र पार्न \’पञ्चकन्या\’मार्फत तिमीलाई स्वागत गरेका छौँ । \’पञ्चैबाजा\’ बजाएर विमानस्थल वरपरदेखि न्युरोडगेटसम्मकै भूतप्रेतलाई तर्साएका छौँ । \’पञ्चबलि\’ पनि दिने बारेमा सोचेका थियौँ तर अघिल्लो पालि कणर्ाली विमान उडाउने बेलामा बोको बलि दिँदाका दृश्य पत्रपत्रिकाहरूले छापेर हामीलाई नै उडाएकाले हाललाई नरिवल फुटाएका छौँ । रगतको सट्टा \’पञ्चामृत\’ चढाएका छौँ । देवीलाई बोकै चाहिने हो भने पहिलो उडान भर्ने दिन खुसुक्क व्यवस्था गरौँला ।

केही महिनाअघि मात्रै चीन भूमिबाट ल्याएको विमानले हामीलाई दुःख दिएर टोक्नु न बोक्नु भएको छ । ल्याएको सात महिनामा त्यो कुम्भकर्ण तीन महिना सुत्यो, चार महिना मात्र उड्यो । अब त्यस्त्ाो नहोस् र तिमी नयाँ विमानलाई कुनै रोगव्याध नलागोस् भनेरै हामीले पूजा आयोजना गरेका हौँ । हाम्रा मनमा \’ नपाउनेले केरा पायो, चियामा चोपेर खायो\’ भन्ने पुरानै भावना उत्पन्न नहोओस् भन्ने पवित्र कामनाले बोक्रोसहितको केरा चढाएका छौँ । पहिला पहिलाजस्तो अब यो विमान \’बाँदरका हातमा नरिवल\’ नहोस् भनेर नरिवल पनि चढाएका हौँ । हे विमानदेवी ! तिमीले हामीलाई धोका नदिनू । नबिग्रनू । ग्राउन्डेड नहुनू । दिनैपिच्छे सुनका अन्डा पारेको पारेकै गर्नू । डलर झारेको झारेकै गर्नू । धमाधम हाम्रो नेवानिलाई नाफामा लगिदिनू । शानेवानिका पालाको जस्तो हाम्रो विमान नै खानेबानी हामी घटाऔँला । दलाललाई सिट बेचेर कमिसन खाने बानी हटाऔँला । आइन्दा रित्ता सिट हल्लाउँदै विमान नउडाऔँला ।

तिमी हाम्री अन्नदाता, हाम्री विधाता । अब हामीले तिमीलाई उडाएर सुत्न लागेको हाम्रो निगमलाई उठाउनु छ । हिँड्न लागेको हाम्रो जागिरलाई बसाउनु छ । त्यसैले हामीले तिम्रो आराधना गरेका छौँ । दीप जलाएका छौँ, नैवेद्य चढाएका छौँ । शिरदेखि पुच्छरसम्म धूपधुवार गरेका छौँ । नाकको चुच्चोदेखि खुट्टाका नङसम्मै अपुंगो दलेका छौँ । तिमीले शरीरमा धारण गरेको भैरवको टाटुमा पनि अविर छरेका छौँ । हामी कामना गर्छौं, तिम्रो उडानमार्गमा बिरालाहरूले बाटो नकाटून् । गिद्धहरूले नाकमा ठुङ्न नआऊन् । कागहरूले निधारमा बिस्टा नगरून् । स्यालहरूले चक्कामा छिर्के नलगाऊन् । साँढेहरूले हान्न नआऊन् । मुसाहरूले धावनमार्गमा भ्वाङ नपारून् । पहाडको थुम्कोले बाटो नछेकोस् । टेलिफोनका टावरमा ठेस नलागोस् । तिमीलाई भीआईपी, भीभीआईपी भनाउँदाहरूले नटोकून् । कुनै लमिजा, धमिजा, कीरा, घुनपुत्लीहरू नलागून् । मन्त्री, प्रधानमन्त्री र नेताहरूले भष्मासुरहरूलाई निगममा अध्यक्ष वा महाप्रबन्धकमा नियुक्त गरेर नपठाऊन् । हे ३२० देवी ! तिमीले अब ४२० हरूका फेला पर्नु नपरोस् । श्री न्यारोबडी विमानदेवी परमेश्वरीको- जय होस् ।
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x