साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको बिचार

Nepal Telecom ad

मङ्सिरमा धान भित्र्याएको किसानको छाप्रोमा
जताततै धानै धान भए झैँ
नेताजीकोमा जता हेर्यो उतै विचारै विचार असरल्ल छ
ओछ्यानमा विचार, लुगामा बिचार,
खानामा बिचार, बहानामा बिचार
हिँडाइमा बिचार बसाइमा बिचार
कति विचार ! ओहो बिचार !

धान भित्र्याएको किसानको लुगाबाट फुत्त फुत्त धान खसे झैं
नेताजीको नयाँ लुगाबाट एउटा पुरानो बिचार फ्याट्ट भुइँमा खस्यो
मैले टिपेर साखुल्ले हुँदै भने–
नेताजी यो तपाईंको बिचार लानुहोस्,
त्यता बाटोमा खसेको रहेछ, मैले पाएको ।

नेताले भने–
यस्तै हो, जताततै खसी रहन्छ बिचार
हिजो राति ओछ्यानमा बिझाई रह्यो बिचार
यसो केही हल्लियो कि झरी हाल्छ एक दुई बिचार
मैले त त्यता लुगा टकटक्याएको, झरी हालेछ बिचार !

तपाईंले किन टिपेर ल्याएको ?
बिचार धेरै भएर तह लगाउँदै म हैरान छु
पुराना फ्याँक्दै र नयाँ समाउँदै म परेसान छु
तपाईंलाई चाहिए लिएर जानुहोस्
थप बिचार चाहिए बरु लिन आउनुहोस् !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x