साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयोगै आयोगको देश

Nepal Telecom ad

हरेक देशको आफ्नै पहिचान छ
गौरव सान र अभिमान छ
काम, दाम र नामको
विशिष्ट योगदान छ ।
मौलिक पहिचान आफ्नै हुन्छ
योजना र कार्यान्वयनको शैली आफ्नै हुन्छ
हरेकको आआफ्नै योजना छ
कसैको चन्द्रमातर्फको अभियान छ
कसैको मंगल ग्रहमा बसोबासको योगदान छ
कसैको प्रजननमा नयाँ प्रविधिको नर्माण छ
विश्राम रहित नवयुगीन चेतना
असीम उपलब्धिहरूको कामना
हरेकको छुट्टै पहिचान छ ।
हाम्रो पनि त पहिचान छ
बाटो विस्तार गरे पनि
मन्दिरै मन्दिरको देश !
संरक्षणका नाममा बजेट थपिँदै गए पनि
चुरेभावरको ऐतिहासिक देश !
लाछीहरूको गर्जन अवशेष रहे पनि
सतीले सरापेको देश !
मेची कालीले सीमाना छोडे पनि
नक्सा सुरक्षितको देश !
हल्लै हल्लाको देश !
भेषविहीन विविधताको देश !
मौलिकताको देश !
संसारका अनुपम नमुनाहरू यहीँ छन्
केके छैनन् सब थोक छन्
अबको मौलिकता र पहिचान भनेकै
संसारमा नभएको आफ्नै शैलीको
हरेक किसिमको परीक्षणको देश !
सधैँ गर्व गर्न लायक
विश्वकै अनुपम नमुना
आयोगै आयोगको देश !!
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x