साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोइरालो फुलेछ

Nepal Telecom ad

(यस कवितामा कोइरालो भन्नाले विषय वा प्रसङ्गले जेसुकै अर्थ लागे पनि कोरालो नै हो।अरू कोइराला वा कोइरी कसैलाई भनेको होइन।)

जाडो मैह्ना पनि बितिसक्यो चैत लागी सकेछ
आँधी चल्दा हुरुरुरु गरी खूब धूलो उडेछ
ढाकी आँखा मुख अनि गला कान धूलो छिरेछ
डाँडा पाखा ढकमक भई कोइरालो फुलेछ ।

बाङ्गे बूढो रुख छ तर छन् फूल सेता र राता
मानौं छिर्का रगत छरिएझैं छ ताजा र ताता
देख्ता राम्रो तर पनि कतै देवतामा चढिन्न
मारीमेटी जति पनि गरोस् औषधीमा दरिन्न ।

हेर्दा राम्रो मृदुल कमलो रूप देखिन्छ किन्तु
खाँदा टर्रो परपर हुने स्वाद यस्को परन्तु
यस्का साथी चुक नुन पिरो साथ टिम्मूर हुन्छ
जस्तो आफू सहचर उही खालको मात्र हुन्छ ।

जातै पड्के निहुरिन भने कत्ति जान्दै नजान्ने
केही तान्यो कि त बल गरी पट्ट भै भाँचिहाल्ने
चैते साथी वरपर लिई मस्कँदै गम्म फुल्छ
चैते आँधी हुरुरु बहँदा हल्लिँदै साथ झुल्छ ।

हेर्दा सोझो तर घुसघुसे हो कि मानौं बिरालो
छेरौटीको घर पनि बडो हुन्छ यो कोइरालो
साँधी खान्छौ तर अलिकता होस राखेर खानू
‘टेकु’ जाने यदि मन भए मात्र धोकेर खानू ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x