साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिमाग मौन देखियो

Nepal Telecom ad

न कोइली निराश भो न काग मौन देखियो
मनुष्य पो विषालु भो र नाग मौन देखियो ।

न बज्छ डम्फु, बाँसुरी न खैँजडी न मादल
स्वदेश वाद्यहीन भो र राग मौन देखियो ।

बनेर वाक्य वाण घाउ जो बन्यो निको भयो
भुलेछ पूर्व वेदना र दाग मौन देखियो ।

सिकार गर्छ चोरले ढुकेर जन्तु जङ्गली
बुझेछ तस्करी बढ्यो र खाग मौन देखियो ।

गुणी कि बैगुनी भनी बताउने स्वभाव हो
सरोज होस् कि भ्यागुता तडाग मौन देखियो ।

विवाहमा छ दाइजो, दबाब, स्वार्थ, शोषण
तटस्थ देखिने सधैं सुहाग मौन देखियो ।

विदेशमा गई युवा सडे नि जेलमा परी
निकाल्न हैन, बुझ्न नै विभाग मौन देखियो ।

अशान्त देशका युवा पढेर थन्किएपछि
विवेकहीन भैसके दिमाग मौन देखियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x