प्रेम ओली ढकलपुरेबाबाको अन्तवार्ता
एक दिन
खै किन
एउटा बाबाको
अन्तर्वाता लिने जङ चल्यो
एक जना बाबा
भजन गाउँदैथे
खुखराले झै उडाएर
खरानी लाउदैथे
मैले बाबालाई
हरिया नोट थमाउँदै भने
बाबा अलिकति भिच्छा छ
आज हजुरको अन्तरवार्ता लिने
ठूलो इच्छा छ
बाबाले पनि नोट समाउँदै
अन्तरवार्ता भनेपछि
रमाउँदै भने
बेटा प्रश्न सोधिहाल
के के जान्ने इच्छा हो
लोकलाई बताउने
मेरो पनि त दिक्षा हो ।
मैले प्रश्न सटासट भनेँ
उनले उत्तर फटाफट भने
हाम्रो वार्तालाप यस्तो छ
बाबाको कुरो दुरुस्त छ ।
ध्यान छैन त
ज्ञान पनि छैन
कुरो क्लेयर छ
कि खरानी घस्यो
पलेटी कस्यो
मान्छे आए पनि, नआए पनि
दिन भर बस्यो
बिदेसी पनि आउछन्
पुराना आए त फट्की हाल्छन्
नयाँ भए त पक्का फस्यो
त्यो बेला
पुलिसले पनि भाँडन खोज्छ
एकान्तमा लगेर
पैसो बाँड्न खोज्छ ।
परिवारको कुरा ?
सब छ
बेटा छ बेटी छ
छोराछोरीको पनि
केटाकेटी छ
आगे ढ्वाङ् पिछे भ्वाङ
आशाराम बाबु हो र ?
नुहाउने कुरो !
हाहाहा
हामी खरानी बाबा पनि नुहाउछ ?
खरानीले धुन्छ
नुहाए पिन खरानीले नुहाउछ
हामी बाबालाई त ननुहाकै सुहाउँछ ।
गन्हाउने कुरा !
बाबा के गनाउँछ
कुखराले नुहाएको देख्याछ ?
बाख्रा नुहाएको देख्याछु ?
के कुखरो गनाउछ ?
के बाख्रो गनाउँछ ?
बाबा झन के गन्हाउँछ !
एउटा कुरा तिमीलाई भन्छु
यो देश न राजाले बनाए
न गिरजाले बनाए
न प्रचन्डले बनाए
न मिर्जाले बनाए
न कोही आइ बनाउँछ
अब बनायो भने यो देश
यै बाबाले नै बनाउछ ।
चर्पीमा ?
कहाँ खरानी हुन्छ
त्यहाँ त न पानी नै हुन्छ ।
दाङ, हाल– काठमाडौ
Subscribe
Login
0 Comments
Oldest






































