साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाको अन्तवार्ता

Nepal Telecom ad

एक दिन
खै किन
एउटा बाबाको
अन्तर्वाता लिने जङ चल्यो
एक जना बाबा
भजन गाउँदैथे
खुखराले झै उडाएर
खरानी लाउदैथे
मैले बाबालाई
हरिया नोट थमाउँदै भने
बाबा अलिकति भिच्छा छ
आज हजुरको अन्तरवार्ता लिने
ठूलो इच्छा छ
बाबाले पनि नोट समाउँदै
अन्तरवार्ता भनेपछि
रमाउँदै भने
बेटा प्रश्न सोधिहाल
के के जान्ने इच्छा हो
लोकलाई बताउने
मेरो पनि त दिक्षा हो ।
मैले प्रश्न सटासट भनेँ
उनले उत्तर फटाफट भने
हाम्रो वार्तालाप यस्तो छ
बाबाको कुरो दुरुस्त छ ।

ध्यान छैन त
ज्ञान पनि छैन
कुरो क्लेयर छ
कि खरानी घस्यो
पलेटी कस्यो
मान्छे आए पनि, नआए पनि
दिन भर बस्यो
बिदेसी पनि आउछन्
पुराना आए त फट्की हाल्छन्
नयाँ भए त पक्का फस्यो
त्यो बेला
पुलिसले पनि भाँडन खोज्छ
एकान्तमा लगेर
पैसो बाँड्न खोज्छ ।

परिवारको कुरा ?
सब छ
बेटा छ बेटी छ

छोराछोरीको पनि
केटाकेटी छ
आगे ढ्वाङ् पिछे भ्वाङ
आशाराम बाबु हो र ?
नुहाउने कुरो !
हाहाहा
हामी खरानी बाबा पनि नुहाउछ ?
खरानीले धुन्छ
नुहाए पिन खरानीले नुहाउछ
हामी बाबालाई त ननुहाकै सुहाउँछ ।
गन्हाउने कुरा !
बाबा के गनाउँछ
कुखराले नुहाएको देख्याछ ?
बाख्रा नुहाएको देख्याछु ?
के कुखरो गनाउछ ?
के बाख्रो गनाउँछ ?
बाबा झन के गन्हाउँछ !

एउटा कुरा तिमीलाई भन्छु
यो देश न राजाले बनाए
न गिरजाले बनाए
न प्रचन्डले बनाए
न मिर्जाले बनाए
न कोही आइ बनाउँछ
अब बनायो भने यो देश
यै बाबाले नै बनाउछ ।
चर्पीमा ?
कहाँ खरानी हुन्छ
त्यहाँ त न पानी नै हुन्छ ।
दाङ, हाल– काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x