साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकै पटक नौ एल्बमको बिमोचन

Nepal Telecom ad

काठमाडौं २०७१ वैशाख ५ । गायक एवम् सङ्गीतकार टीका भण्डारीका ९ वटा गीति एल्बम एकै पटक विमोचन गरिएको छ । प्रमुख अतिथि सम्माननीय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृतिहरूको एकमुस्ट बिमोचन गर्नु भयो । विमोचित एलबममा भण्डारीले गाएका ४० वटा गीत र सङ्गीत गरेका अन्य ८० वटा गीत रहेका छन् ।

समारोहमा सङ्गीत तथा नाट्य एकेडेमीका उपकुलपति शम्भुजित बास्कोटा, वरिष्ठ गायक किरण प्रधान, प्राज्ञ, कवि गजलकार ललिजन रावल, नेपालका वरिष्ठ सञ्चालक एबम गायक बासुदेव मुनाल, कवि गीतकार नवराज लम्साल, सङ्गीतकार राजु सि., वरिष्ठ नाटक निर्देशक मदनदास श्रेष्ठ, रेडियो नेपालकी वरिष्ठ उद्घाोषिका सूर्य कुमारी पन्त, रेडियो नेपाल सञ्चालक समिति सदस्य रमेश पौडेल, एल्बम सम्बद्ध गायक गायिकाहरू, एरेन्जर, गीति भिडियोका मोडलहरू, साहित्यकार, गीतकार, पत्रकार, सञ्चार माध्यमका महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति थियो !

बिमोचित ९ एल्बममा १२० वटा गीतहरू छन् । स्रस्टाहरूको निकै बाक्लो उपस्थिति बीच टिका भण्डारीको फ्लास ब्याकमा ११ वटा म्युजिक भिडियोका स्थाई क्लिप्स र २ वटा नयाँ भिडिओहरू प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा टिका भण्डारीले एल्बममा समाबिस्ट ३ वटा आमा सम्बन्धि गीत र अन्य ४ वटा देश एल्बमका गीतहरूका स्थाई ट्रयाकमा गाइएको छ ! एल्बमहरूको समीक्षा नवराज लम्सालले गरेका थिए । कार्यक्रममा पुराना गायक एवम् रेडियो प्रसारक बासुदेव मुनाललाई अभिनन्दन समेत गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x