साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढाबूढी गन्थनमन्थन

Nepal Telecom ad

बूढी

क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?
थाहा छैन समाजले साइको भनी फ्याँक्या ?
न छ तिम्रो फेर्ने सट न छ राम्रो जुत्ता
तर पनि लेखक भन्दै उचाल्छौ नि खुट्टा
क्याक्या कोर्छौ क्याक्या वूढा ! क्याक्या कोर्छौ क्याक्या ?

स्कुल जान्न भन्छे छोरी, छोरा त्यसै गर्छ
तिम्रो नाथे क्याक्याबाट कहिले पैसा झर्छ ?
बेच्न मिल्ने सबै बेच्यौ छाप्यौ गन्थनमन्थन
भन बूढा ! तिम्रो गन्थन कसले सुन्छन् पढ्छन् ?
क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?

कस्तो कर्म यस्तासँग भयो नि है भेट
भन बूढा ! त्यो क्याक्याले भर्छ भोको पेट ?
आफ्ना सन्तान लाखापाखा राष्ट्रको पीर गर्छौ
अरू बाँच्छन् धेरै वर्ष तिमी चाँडै मोर्छौ
क्याक्या कोर्छौ क्याक्या वूढा ! क्याक्या कोर्छौ क्याक्या ?

हामी दुई मरे हुन्थ्यो मर्छन् छोराछोरी
तिम्रो क्याक्या साहित्यले गर्नु ग¥यो हरि !
जति लेख्छौ च्यातीच्याती फ्याँकिदिन्छु अब
त्यति गर्दा नमानेमा छोडिदिन्छु सब
क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?

कहाँ पुगे साथीभाइ कहाँ पुगे अरू
छोराछोरी रुन्छन् कठै मैले के पो गरुँ ?
साइको बाबु तेरो भन्दै जिस्क्याउँछन् अरे !
सबैको आँखाबाट झर्नसम्म झरे
क्याक्या कोर्छौ क्याक्या बूढा क्याक्या कोर्छौ क्याक्या ?

लछारपाटो लाउने होइन तिमीले क्याक्या लेखी
आजित भए साह्रै बूढा ! तिम्रो चाला देखी
बाँचुन्जेल मानसान हुँदैन है बूढा !
फू गर्दा ढल्ने भयौ कति घस्छौ घँुडा ?
क्याक्या कोर्छौ क्याक्या वूढा ! क्याक्या कोर्छौ क्य

खेल्न छोड गन्थनमन्थन माया भए हाम्रो
लेखीलेखी मर्छु भन्दै नबन न चाम्रो
यहीँ बस भन्छौ भने सजाऊ घरबारी
साइको बन्न नजाऊ बूढा ! काँडाको त्यो झाडी
क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?
थाहा छैन समाजले साइको भनी फ्याँक्या ?

बूढा

धेरै सुने तिम्रा कुरा नरेट न बूढी !
जिन्दगी हो जसरी नि जान्छ गुडीगुडी
फड्को मारे पनि तिमीले पाउँनौ कवि मुटु
पिउँनु पर्ला फेरि तिमीले आँसु धुटुघुटु
क्याक्या भन्छ्यौ क्याक्या बूढी ! क्याक्या भन्छ्यौ क्याक्या ?
देख्या छैनौ राम्रो कवि अहिलेसम्म बाँच्या ?

हीरामोती निल्ने होइन निल्ने त्यही पिठो
मर्दासँगै जान्न बूढी पैसाको त्यो बिटो
टेकौँला नि दरा खुट्टा कोही त होलान् राम्रा
हुन्नन् बूढी संसारमा सबै मान्छे चाम्रा
क्याक्या भन्छ्यौ क्याक्या बूढी ! क्याक्या भन्छ्यौ क्याक्या ?
देख्या छैनौ राम्रो कवि अहिलेसम्म बाँच्या ?

बूढी
हो त बूढा बल्ल बुझेँ तिम्रो भित्री मर्म
लेखिरहू फेरिएला कुनै दिन कर्म
सबले खुट्टा लुलो पारे को चढ्ने शिखर ?
लेखलेख लेखिरहू यही भो निचोड
क्याक्या लेख्यौ भन्दै अब लाउँदिन ठेस
मलाई पनि प्यारो लाग्छ मेरो सुन्दर देश ।
बुद्धनगर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बिल्ला

बिल्ला

ललिता ‘दोषी’
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x