साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्’साप

Nepal Telecom ad

मित्र ! तपैँलाई रोगले कतिको ‘ इलू ! इलू ! आ जा गले मिलूँ’ भन्दै थिल्थिलो बनाउछ कुन्नि ? तर अब चैँ कुनै नकचरो रोगले माया गरेर ग्वाम्लाङ्ग अँगालो हाल्न आयो भने पटक्कै पीर नमान्नू र नआत्तिनू होला है ! किनभने हाम्रो समाजका अधिकांश मान्छे त जन्मजात डाक्’साप पो रै’छन् । आपूm त बुद्धिको घैँटाँ बिर्को लाग्या मनुवा परियो यस्ता कुरा के बुभ्mनु र ! साँच्चै हाम्रो समाजाँ रोग र औषधिका बारेमा ज्ञान नभा’का मान्छे भेट्नु त बिरालोको सिङ भेट्नु जस्तै गारो पो रै’छ । 
तपैँ कुनै दिन कीटाणुको असिम कृपाले जस्तो सुकै रोगको सिकार बन्नुस् मात्र त, अनि साथीभाइ, छरछिमेकी, इष्टमित्र, आप्mना, पराइ साराका सारा बन्धुबान्धव कुसल डा. वा वैद्यको रूपमा परिणत भा कुरो सुन्ने मात्र हैन यस्तो अद्भूत दृश्य प्रत्यक्ष देख्ने सौभाग्य तपैँलाई पनि मिल्ने छ । त्यसपछि के चाहियो र, आहा ! जो पनि तपैँलाई हेर्न, भेट्न आउछ ऊ पक्कै पनि दक्ष डाक्’साप वा वैद्यै बा नै हुन्छ । तपैँको कोठाभित्र छिर्दा नछिर्दै उसले तपैँको रोगको पहिचान गरी के औषधि खाने ? के खाने कुरा खाने, के नखाने आदि इत्यादि सबै गुढ ज्ञान बताउन सुरु गरिहाल्छ ।
फलानोलाई पनि यस्तै भा’थ्यो । मैले भन्या अमुक औषधि खाएर भनेअनुसार पथपरहेजमा बसेपछि रोग त ‘पूm मन्तर’ भै हाल्यो । तर डिस्कानोले मैले भनेको नमान्दा बिचरा ! ज्यादै दुःख पायो, फिस्कानो त म¥यो नै ! तर मैले भनेको माने तपैँले डराउनै पर्दैन नत्र…। ‘नत्र’ यति डरलाग्दो तरिकाले ध्वनित् हुन्छ कि त्यो पछाडिको बाँकी शब्द सुन्ने साहस बिरामीले गर्नै सक्दैन मानौँ ‘नत्र’ शब्द हैन साक्षात ‘यमराज’ हो । बिचरा ! रोगको मायालु सकी नसकी नडाकी आ’को डाक्’सापले भने बमोजिम गर्ने वचन दिन्छ । जन्मजात डाक्’साप आप्mनो सफलतामा दङ्ग पर्छ र खानपिन गर्दै बसुन्जेल बिरामीको सामु बसेर यस्तै,उस्तै, त्यस्तै रोग लागेर को–को मास छर्न गए, को–को घरखेत बेचेर उपचार गर्दा पनि निको भएनन्, क–कसले ज्यादै दुःख पाए आदि इत्यादि भन्दै आप्mनो पण्डित्याइँको प्रकाश छरेर बिरामीलाई कृतार्थ पार्न अलिकति पनि कन्जुस्याइँ गर्दैन ।
जाँदा जाँदै आपूmलाई बिरामीको ज्यादै माया र चिन्ता लागेको भन्न पनि बिर्सिदैन र फेरि आउने वाचा गर्दै निस्किन्छ । आप्mनो माया र चिन्ता गर्नेको प्रवचन सुनेर ब्लडपे्रसर तलमाथि भएको बिरामी केही सुस्तान नपाउँदै फेरि अर्का दयालु डाक्’साप आप्mनो ज्ञानको बडेमानको पोकोसहित पधार्नु हुन्छ । वाँ पनि बिरामीलाई आप्mनो ज्ञानमाथि शङ्का नगरी आपूmले भनेबमोजिम गरे सब ठीक हुन्छ नत्र… भन्नुहुन्छ । फेरि उही डरलाग्दो ‘नत्र’ले थिरिन पनि नसक्नेलाई ‘ता थै तक् थै’ गराउँछ । यसो, कसो, तसो नगर्नूस्, जे म आज्ञा गर्छु त्यसो, जसो, उसो गर्नूस् भन्ने अमृतमय वाणी पापी कानरुपी जिब्रोले रसास्वादन गर्न असमर्थ जराव्याधीको मजबुत बाहुपासमा जकडिएर आधी भएको जिर्ण ज्यान गरोस् त के गरोस् । यस्तो रमाइलो कार्यव्रmम हरेक फरक अनुहारसँगै बिरामी कि खाटबाट कि घाटबाट नउठुन्जेल चलिरहन्छ ।
एउटा घाटो विनाको खाँटीको फाइदोको कुरो चैँ के हो भने अरुले मरेर परलोक पुग्ना खातिर गरुण पुराण सुन्छन् भने तपैँले चैँ ज्यादै भाग्यमानी भएकाले ओछ्रयानाँ सुतिसुती यस्तो अद्भूत महाज्ञानपुराण सुनेर जिउँदै परलोक पुगेको अनुभव गर्ने सौभाग्य प्राप्त गर्नु हुनेछ । र यस्तो स्वर्गीय आनन्द प्रदान गर्ने परोपकारी डाक्’सापज्यूहरू खोज्न कतै जाने कष्ट गर्नै पर्दैन । तपैँको माया र चिन्ताले सताएर वाँहरू आफैँ तपैँको कोठाँ विना फि टुप्लुक्क टुप्लुक्किसिन्छ ।
तर के गर्नु र यस्ता ज्ञानै ज्ञानले भरिभराउ भकारीजस्ता जन्मजात डाक्’सापहरू चैँ जब स्वयम् कुनै मामुली रोगका सिकार बने भने, कठै बरा ! तब आप्mना लागि के ठीक के बेठीकसम्म छुट्ट्याउन सक्दैनन् र ‘टाउकाको औषधि नाइटाँ लाई’ भन्ने उखानलाई चरितार्थ गर्छन् किनकि बिचराहरूले सारा ज्ञान त अरुलाई फ्रिमा बाँड्दा बाँड्दै सकिसकेका हुन्छन् । ए साँच्चै, तपैँ पनि यस्तै जन्मजात डाक्’साप पो हो कि क्या हो ?
भाटभटेनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x