साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु बेचेर

Nepal Telecom ad

जेठो छोरो गयो बिदेश
नौलो भैंसी बेचेर
कान्छो पनि गयो
हल गोरु बेचेर ।

खेत लाउने खेताला छैन
बटिया लाउने अधियार छैन
भाको खेतबारी पनि बाँजो भो
बुढेसका यो के भाँजो भो
खेत खन्ने तागत छैन
ट्याक्टर लाउने लागत छैन
हली पनि पाउँदैन
पर्म कोही आउँदैन
एक हल गोरु थिए
कान्छो गयो बेचेर
बुढेसकालमा रुनु पर्यो
आँखा मिचेर ।

न फोन आउँछ
न खबर आउँछ
थाह छैन कुन ठाउँ छ
कसैले भन्छ कतारमा गयो
कसैले भन्छ हतारमा गयो
घरमा खाने गाँस छैन
हेर्ने कोही खास छैन
भैंसी भएको भए
दुध भएर पनि खाइन्थ्यो
गोरु भएको भए
खेतबारी आँफै लाइन्थ्यो
यो बिदेशको चक्करले त
गर्नु गराको छ
न यता कमाउने
न उताबाट आउने
यो बुढेसकालमा
मर्नु गराको छ ।

आइज छोरा भन्यो
फर्किन पनि गाह्रो छ
डाँडामाथि जून हामी
पर्खिन पनि गाह्रो छ
छोरो आउला आउला भनेको त
एक दिन
मुर्छित पार्ने खबर आयो
त्यही छोराको शोकले
श्रीमतीलाई पनि खायो
रथ पनि भाँचियो
डोरी पनि चुँडियो
कस्लाई भन्ने यो बेथा
मन कति कुँडियो कुँडियो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x