प्रेम ओली ढकलपुरेस्कुल बस
घ्याच्च घ्याच्छ घ्यार्र घ्यार्र
ढुर्र ढुर्र ढ्यार्र ढ्यार्र
धुँवाको मुस्लो फाल्छ
कानोले हे¥याको जस्तो
एउटा हेड लाइट बाल्छ ।
भुइँचालो झै हलिन्छ
पिङ झै मचिन्छ
सानो खाल्टोमा प¥यो भने
बिच बाटोमै थचिन्छ
ढिला भाको बेला
झन ढिला बनाउँछ
धुजा धुजा छन सिट पनि
कस्तो कस्तो गन्हाउछ ।
म पनि चढ्दैछु, दाइ पनि चढ्यो
एक दिन
बा पनि यसैमा चढ्याको
पिकनिक खान जाँदा खेरी
झन्नै भिरमा लड्याको
रङ्ग रोगनले टिलिक्कै
हेर्दा केटो छ
बाले भनेको यो बस
म भन्दा धेरै जेठो छ ।
भ्याट भ्याट भुट भुट
प्याट प्याट पुट पुट
ट्र्याक्टर झै हिँड्छ
झोक चल्यो भने यो
जोसङ्ग पनि भिड्छ ।
स्टार्ट नभैकन कहिले त
धकमधक्का खोज्छ
कुन स्कुलको बस हो नानी
बटुवाले सोध्छ ।
घ्यार्र घ्यार्र घुर्र घुर्र
कछुवा गतिमा चल्छ
बिचरा यो बुढो बस
कहिले कुन दिन ढल्छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































