साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको मुख्य समाचार !

Nepal Telecom ad

आजको मुख्य समाचार !
जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो
जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो
जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो
जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।

आजको मुख्य समाचार !
जनताको लागि ऊ नेताले यो नेताको कुरामा सहमति जनाउनुभयो
जनताको लागि दुवै नेताले त्यहाँ बैठकमा अर्को बैठक गर्नु भयो
जनताको लागि यो नेताले हाँसी हाँसी हुन्छ भन्नु भयो
जनताको लागि ऊ नेताले यो त हुँदैहुन्न भन्नु भयो
जनताको लागि दुवैले हुन्छ र हुन्नबीच सहमति खोज्नु भयो
जनताको लागि सहमति खोज्दा नास्ता पो फेला पार्नु भयो
जनताको लागि गम्भीर भएर नास्ता गर्नु भयो
जनताको लागि डकार्दै फेरि सहमती खोज्ने सहमति गर्नु भयो ।

आजको मुख्य समाचार !
जनताको लागि नास्ता गरेर यो नेता आफ्नै निवास फर्कनु भयो
जनताको लागि ऊ नेता आफ्नै बैठकमा एक्लै बैठक बस्नु भयो
जनताको लागि यो नेता सहमति बिना लोकतन्त्र सदृढ हुन्न भन्दै सुकला हुनुभयो
जनताको लागि आजको यो मुख्य समाचार तपाइँले थाहा पाउनु भयो ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x