साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बाहुन बाजेको संविधान’

Nepal Telecom ad

‘बाहुन बाज्या !
बाहुनको संविधान बन्यो, के छ विचार ?’
कसैले नाकैमा ठेलुलाँझैँ गरी बोल्यो !
कुन्नि के सुरमा बाहुन बाजेले–
‘कौवालाई बेल पाक्यो हर्क न विष्मात् !’
भन्न त भने
तर बेलसम्म थाहा नभएका यी बाजेलाई
संविधान कुन चिडियाको नाम हो ?

त्यो संविधानले यिनको चिसो चुलो तात्ला के ?
उध्रेको पेट टालिदेला ?
ध्वाँसोजस्तो कालो उनको ‘च्युत’ जिन्दगीमा
सुखको एउटै बत्ती बालिदेला ?
उहिले मुखियाको बन्धकी राखी
बीस रुपियाँमा किनेको भिरालो पाखोमा
बाहुन बाजेको
एक भैँसी,
एकहल गोरु,
एक सिन्की जहान अटेको छ
धन्न, मधेश पसेको मुखिया फर्केको छैन र पो !
हलो जोतेपछि अजात भएका
भकारो बोकेपछि झण्डै अछूत भएका
धोती च्यातेपछि राजपाठबाटै आउट भएका
यी बाहुन बाजे
जाँड खाएर कहिल्यै खुला मञ्चमा भाषण गर्न गएनन्,
जो आए भोटका भिखारी
आँखा चिम्लेर ल्याप्चे ठोकिदिए ।
दिनभरि मकै बोकेर लखतरान यी बाजे
साँझपख सुल्फा तान्दै निकै घोत्लिरहेछन्–
हँ, संविधान बन्यो ?
त्यो पनि बाहुन बाजेको !
कुन चैँ बाहुन बाजेको रैछ यो संविधान भन्ने पनि ?

संविधान ! तिमी कसको बन्यौ रे–
काठमाडौँमा शासन जमाउने ‘उपल्ला बाहुन’हरूको
कि
समाजमा आसन जमाउने उपाध्ये बाहुनहरूको
कि
खप्की र आक्षेप खाने
बिचरा यी
सुदूर पहाडका खड्केला बाहुन बाजेको ?

२०७२/०५/३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x