साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खस्पताल

Nepal Telecom ad

यदि तपाईं
गाडीमा चढ्नु भो
र भिरबाट लड्नु भो
यदि तपाईं
बसमा बस्नु भो
र खस्नु भो
तर पनि मर्नु भएन भने
सिधै हाम्रो खस्पतलमा आउनुहोस्
भए डक्टर
नभए नर्स
त्यो पनि नभए
पियनबाट भए पनि
चौबिसै घण्टा
सेवा पाउनुहोस् ।

एउटालाई भनेको सुइ
अर्कोले लाउनुहोस्
यता डाक्टरको नाममा
यमदूत पनि हाजिर छन्
कोही काम नपाएर
त्यसै फाजिल छन्
गानो झरेको भए
आनोको दबाई खानुहोस्
यमराज नै लिन आउँछन्
सिधै स्वर्गमा जानुहोस् ।

यदि तपाईं हृस्टपुष्ट हुनुहुन्छ
पैसोले तन्दुरुस्त हुनुहुन्छ भने
टाउको दुखेको भए पनि
हाम्रो खस्पातलमा आउनुहोस्
राम्री राम्री यमदुतिका पनि छन्
नरम नरम हातले
गरम गरम पानीसित
औषधी खुवाउँछन्
अनेक मेसिनले छोएका छन्
तपाईं गोरु भए पनि
भैंसीलाई झै दुएका छन्
तपाईं त हाँसी हाँसी मर्नु हुन्छ
यदि मर्नु भएन भने पनि
तपाईंलाई बिल देखाएपछि
पक्कै ठहरै पर्नु हुन्छ ।

तन कम्जोर भए पनि
मन कम्जोर भए पनि
हाम्रो खस्पातल पाल्नुहोस्
यहाँ नयाँ नयाँ यमदूतबाट
शल्यकृया गराइन्छ
तपाईंलाई सिधै स्वर्ग पठाएर
काजकृया नै गराइन्छ ।

अम्बा जस्तै पाकेको भए पनि
जीवनदेखि थोकेको भए पनि
मर्न पाए हुन्थ्यो लागेको भए पनि
हाम्रो खस्पातलमा आउनुहोला
टाउको शल्यकृया भन्नु होला
खुट्टा चिरफार भन्नु होला
किड्नीको भन्नु होला
तपाईंलाई सुँगाएर बेहोस पारिन्छ
त्यसपछि मजाले, जे जे मन लाग्छ
त्यै त्यै शल्यकृया गरिन्छ
तपाईंले बिरोध गरे पनि
दुइचार लाख तिरिन्छ
जे भए पनि
यमदूतले गरेको काम
कसरी गल्ती ठहरिन्छ ?

आउनुहोस्
हाम्रा यमदुतिकाहरूले पनि
घुँडाको सुई गोडामा लाउनु हुन्छ
अभागी भए बाँच्नु हुन्छ
भाग्यमानी भए
पक्कै स्वर्गको बास जानुहुन्छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x