साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अज्ञान

Nepal Telecom ad

ज्ञानी बुझ्दछ सत्य के गलत के झन् दूरदर्शी बनी
अज्ञानी रनभुल्ल पर्छ उसकै देखेर छाया पनि ।
झुक्ने वृक्ष पछारिँदैन कहिले आए हुरी, हुण्डरी
कालो रै छ ‘मुहार’मा तर सधैं ‘ऐना’ पुछेँ बेसरी ।।

टाल्ने होस भएन प्वाल पिककधको धेरै पुरानो थियो
गाग्री भर्न गरेर कोसिस भुलेँ पानी चुही सिद्धियो ।
अज्ञानी मन डग्मगाउँछ सधैं घोरिन्छु एकै छिन
डोरी मात्र रहेछ सर्प छ भनी तर्सें म धेरै दिन ।।

अर्को हो कि भनेर आक्रमणमा जुट्ने बडो क्रुद्ध भै
ऐनामा ‘प्रतिबिम्ब’ हो कुकुरले बुझ्दैन झम्टिन्छ नै ।
टोक्ने कोसिस गर्दछन् कुकुरले के हो नजानीकन
आफ्नै रूप नियाल्छ मानिस बडो आनन्द मानीकन ।।

यौटा भौतिक पक्षका कलुषता खोतल्छ वेदान्तमा
अर्को अर्थ र तर्क देख्दछ यहाँ चार्वाक सिद्धान्तमा ।
मौरी सञ्चय गर्दछन् मह मिली लैजान्छ मान्छे लुटी
के पो लान्छ र साथ मानिस मरे खोलेर जान्छन् मुठी ।।

मान्छेका गुण, योग्यता धमिलिने तान्यो भने रूपले
भन्ला सागर हुन्छ भिन्न र ठुलो के कूपमण्डूकले ?
जान्छन् भूप मरेर आयु सकिए साम्राज्य हुन्छन् क्षय
माटो हुन्छ मरेर जो पनि यहाँ को छन् र मृत्युञ्जय ?

बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x