रमेश खकुरेलपरिहासमाला (३)
जोडे धन अति जोडे, धनखातिर मित्र वन्धु पनि तोडे
सन्ततिले गति छोडे, इज्जतले छोडेपछि शिर फोडे ।
साथीले खालाझैं, हतपत उसिनेको आलु निलेछन्
भित्रै भतभत पोल्यो, के गरी फाल्नु समान गर्दैछन् ।
वारि नजीकै देखे, यतै आउन भनी पौडन लागे
भ्रम भो पारि नजीकै, फेरि फर्के यसै गोता खाए ।
सबमा नाफा खोज्थे, हिंड्ने गर्थे थापेरै च्याँखे
प्रेम विवाह गरेथे, दुलहीले ल्याइन् बच्चो च्याँखे ।
छुतको रोग हटाउन, सहभोजनको आयोजन गरियो
दलित दलितमै झगडा, ठूलो सानो भनी रोकिन गयो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































