साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बघिनीको आदेश

Nepal Telecom ad

शुभ्र हिमालहरू
नीला पहाडहरू
आँखा तानेर दूर क्षितिजसम्म
पर्खिरहेछन् तिम्रै आशामा ।
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ अव जाओ
हिमालको सिंयालमा खेल
पहाडको मझेरीमा नाच ।
उडिसके त्यहाँका
वीरताका इतिहासहरू
सेलाइसके त्यहाँका
रक्षा सिपहरू
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ आजै जाओ
हिमालको मुस्कानसँग हाँस
पहाडको अस्मितामा पस ।
मत फुटेको छ मधेशको
तन टुटेको छ तराईको
च्यातिएका छन् ध्यार्रै
मान्छेहरू त्यहाँ
र त
पाउनेछौ चुस्न निर्धक्क
जोतेर बेरोकतोक
तिम्रा दाराहरू
तिनका मुटुसम्मै ।
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ ऐल्यै जाओ
पहाडको घाँटीमा पुग
हिमालको छातीमा सुत
देखाउँदै कृतघ्नता
निर्लज्ज गोठालाहरू
उभिनेछन् त्यहाँ
तिम्रै पक्षमा
धोखा दिँदै आफ्नै
भेडा अनि बाख्रालाई
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ फेरि जाओ
तराईका उष्णतामा रमाओ
पहाडका कालापानीमा रमाओ ।
स्थगित निर्माणक्रमहरू
खण्डहर भेडीगोठहरू
खियाखियामय ती
बैचारिक पक्ष्यहरू
घिऊ थप्दैछन्
हाम्रा योजनाहरूमा
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ झट्टै जाओ
मनले हिकेर जाओ
शिकारै शिकार छ त्यहाँ
संवेदनशील भूमिहरूमा
अस्मिताका भित्री आँतहरूमा
बल्छी खेल्दैै मेची पुग्नु
जाल हान्दै काली पुग्नु
¥याल काढ्दै मुस्ताङ्ग चढ्नु
ओठ चाट्दै सुस्ता झर्नु
भोक लागे मान्छे खानु
तिर्खा जागे हिउँ चाट्नु
हाम्रा साथी त्यतै हुन्छन्
उनले सघाउलान्
चोटो अनि बुँइगलमा
उनले घुमाउलान्
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ उफ्रिदै जाओ
चारकोशे झाडीमा जाओ
धान फल्ने माडीमा जाओ ।
चाहना हो यो
तिम्री आमाको
युगौँ पुरानो
हिमनदीहरू सुँघ्ने
वनौषधिहरू चुम्ने।
हिमाल र पहाडभरि
तिमी तिमी कुद्नुपर्छ
पञ्चशीलको सिद्घान्तलाई
तिमीले नै खानुपर्छ ।
संसारलाई बेग्लै मोडमा
डमरुले मोड्नुपर्छ ।
त्यसैले
मेरा प्यारा डमरुहरू
जाओ उतै जाओ
बाघ राज्यका लागि
एउटा आधार शिविर
विशाल डमरु राज्य बनाओ
विशाल डमरु राज्य बनाओ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x