साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालिक

Nepal Telecom ad

“बाबुजी, अब म पनि नागरिकता बनाउँनु र्पयो फारम तारम किन्नका लागि पैसा दिइहाल्नुस न ।“ छोराले माग र्गयो धनुषामा ।
“भर्खर त तँ सोलह साल पूरा गरेछ्स बबुवा त तँलाइ किन बनाइ लिनु र्पयो रे नागरिकता ?“ बाबु राम आशिष झाले आश्चर्य मान्दै जिज्ञासा राख्यो छोरासँग ।

“मोटरसाइकल चलाउँने लाइसेन्स बनाउँन नि ।“ छोराले कारण खोल्यो पैसा माग गर्नुको ।
छोराको कुरा सुनेर बाबू हा(हा(हा(हा गर्दै ठूलो स्वर गरेर लामो हाँसो हाँस्यो र भन्यो“रे ! बेकुब, जसको घरमा साइकल किन्ने पैसा छैन त्यसले मोटरसाइकल ख्वाब देखि हाल्ने ? अनि कसको मोटरसाइकल भेटिस नि सिक्नका लागि चैं ?“

“हाम्रो न भएर के भयो त बापु ? साथीभाइको त छ नि, सिकें हाम्रै मालिक राजेन्द्रका छोराका बाइकमा– “छोराले आश्वस्त पार्न खोज्यो बाबुलाइ र प्रश्न पनि थप्यो– “ए ! साँची मेरो कुन नागरिकता हुन्छ ? बापु, बंशज कि अङ्गीकृत ?”

छोराको कुरा सुनेर राम आशिष ट्वाल्ल पर्यो एकछिनसम्म अनि बेहोसीबाट होसमा आएझैं गरेर भन्यो– “उल्लु यही मिथिलामा हजारौं हजार पुस्ता बिताइ सकेर नेपाली भएका हामी मैथिलहरूको पनि कहीँ अङ्गीकृत नागरिकता हुन्छ ? बंशज हुन्छ नि !” बाबुले स्पष्ट पार्यो छोरालाई र सावधान गराउँदै थप्यो– “जिल्ला प्रशासनको कर्मचारीले चैं नचिनेर अङ्गीकृत बनाइ दिन सक्छ नि होस् गर्नु बरु ।”

बापु, पुस्तौं पुस्ता यही देशमा बस्ने हामी जस्ता मानिसले वंशज नागरिकता पाउँने भए अङ्गीकृत नागरिकता चैं कस्ता मान्छेले पाउँछन् त ?” छोरो उत्सुक भयो आफ्नो पहिचानप्रति ।

पन्ध्र सालभन्दा बढी हाम्रो देशमा आएर बसेका राजेन्द्र जस्ता विदेशी नागरिकले ।“ बाबुले छोटो उत्तर दियो आफू बंशज नागरिक भएको गर्वकासाथ ।

बाबुको कुरा सुनेर छोरो निकैबेरसम्म घोरिई रह्यो अनि “त्यसो भए १५–२० साल हाम्रो देशमा बसेकै भरमा अङ्गीकृत नागरिकता पाउँने बिदेशी कसरी हामी र हाम्रो मिथिलाको मालिक भयो आ हुन्छ त बापु ?” छोराले प्रश्न गर्यो ।

गौरादह– १२, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x