साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दस मिनेट सभासद्

Nepal Telecom ad

३ असोज ०७२ नेपालको संविधान घोषणा भएको ऐतिहासिक दिन थियो भन्ने कुरा बिर्सिहाल्ने बेला भएको छैन । बिर्सनु पनि नपरोस् भन्ने कामना गरौँ । त्यस दिन कताकताबाट संविधानसभामा छिर्ने निम्तोपत्र हात लाग्यो । जीवनमै पहिलोपटक संविधानसभा बैठकमा छिर्ने अवसर त्यसमा पनि जनता आफैँले लेखेको संविधान घोषणा हुने । बडो ठाँट्टिएर गइयो नयाँ बानेश्वर ।

सभा भवनबाहिर सर्वसाधारण जनताको छिचोली नसक्नु भीड थियो । बाजागाजा, होहल्ला, सिट्टी र तालीले गुञ्जायमान । ठूलो उत्साह र विजयोत्सवको वातावरण । बाहिर उपस्थित जनता एकसे एक उज्याला थिए । उत्साहित थिए । कराएर, चिच्याएर, नाचेर, गाएर, हात मिलाएर, उफारेर, उफ्रिएर कसै गरेर पनि खुसी नसकिएर आत्तिएको जस्तो । भीडमा एक जना पनि शान्त थिएन, एक जना पनि रमिते थिएन ।

आफू त्यो दिन चानचुनेमा परिएन । गोजीमा पास थियो । भित्र पसियो । भित्र सुकिला–मुकिलाको भीड थियो । एकदम शान्त । बिस्तारै एकअर्कालाई बधाई दिइरहेका । फोटो सेसन चलाइरहेका । कोही निकै खुसी, कोही अर्ध खुसी, कोही रुनु कि हाँस्नुजस्तो अनुहार बनाएर यताउता टोलाइरहेका । बाहिर भन्दा निकै कम रमाइलो थियो भित्र । कति मानिस त कार्यक्रम सुरु नहुँदै डिनरको लाइनमा उभिइसकेका थिए ।

समारोहको औपचारिकता जसरी सकिन्छ भन्ने लागेको थियो, त्यसरी नै सकियो । कार्यक्रम सकिएर डिनरको लाइनमा आइपुग्दा लाइन फनफनी घुमेर दुई किलोमिटर जतिको भएको रहेछ । घरमा खाना नबनाउनू भनेर सूचना गरिसकेको हँुदा एक घन्टा बसेर भए पनि सरकारी भतेर खाएरै छाडियो ।

बाहिर निस्कँदा निस्कँदै ठूलो होहल्ला र सिट्टीको आवाज आयो । मानिसको भीड अझ बढेको रहेछ । गेटको छेउमै बसेको एकले मसँग हात मिलाउन खोज्यो । मैले पनि दुई–चार जनासँग मिलाएँ । हात मिलाउने युवाहरूले मलाई तानेर अँगालो मार्न थाले । तानातान गरेर अँगालो मार्दामार्दै भीडले मलाई उचालेर हावामा उडाउन थाल्यो । ए पख्नूस् पख्नूस् भन्दैछु । के सुन्थे ! ‘माननीयज्यू बधाई छ ।

तपाईंहरूले हाम्रो सपना साकार पार्नुभयो । वीर सहिदहरूको रगतको मूल्य चुकाउनुभयो । संसारसामु हाम्रो शिर ठाडो बनाउनुभयो । हिप हिप हुर्रे !’ हुर्रे सँगै मलाई युवाहरूले आकाशतिर हुर्याए । बल्ल मैले थाहा पाएँ, मैले लगाएको दौरा–सुरुवालले जनतालाई भ्रममा पारेछ । मलाई सभासदै ठानेर पो उफारेका रहेछन् ।

भीडले मलाई आकाशै आकाश उडाउन थाल्यो । ‘म माननीय होइन’ भनौँ भने पनि ‘ए होइनस् पो’ भनेर फ्यात्तै भुइँमा पछार्लान् भन्ने डर भयो । म पसिना–पसिना भइसकेँ । कम्मरमा ठिटाहरूले अँठ्याएकाले दुख्न पनि थाल्यो । सासै फेर्न गाह्रो हुन लाग्यो । यत्तिकैमा दुई–तीन जना प्रहरी दौडिएर आए र मलाई उचाल्दै गरेको युवालाई च्याप्पै समातेर पर हुत्याए । मलाई खोसेर उनीहरूले भीडबाट बाहिर निकाले । रिंगटा लागेर एकछिन एउटा कुनामा थचक्क बसेँ । प्रहरीको ढुङ्गा छेक्ने भाँडोले लागेर ओठ काटेछ, धेरैबेर लगाएर रगत थामे । टोपी झिकेँ र गैरमाननीय जस्तो भएर अँध्यारोमा लुकेर भीडको खुसियाली धेरैबेरसम्म हेरिरहेँ ।

पहिले–पहिले भए जुत्ताको माला खाइन्थ्यो होला । कालो मोसो पनि दल्थे होला । आकाशमा किन उचाल्थे, भुइँमा सुताएर भुँडीमाथि उफ्रिन्थे होला । लौ हेर, नेपाली जनताको मन । कति उदार, कति फराकिलो ! कति छिटो बिर्सेछन् विगतका कथा ! सम्झँदै घरतिर लागेँ ।

नेपाल, आश्विन २२, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x