साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजा

Nepal Telecom ad

“सबै नेपाली पञ्च, सबै पञ्च नेपाली” साँइलो दमाइले ठूलाको सवारीमा रक्सीको तालमा मन खोलेर बाजा बजायो ।
“जित कस्को ? जनताको !, बहुदलीय प्रजातन्त्र जिन्दावाद !!!” यसपटक पनि साइँलो दमाईलाई अर्को समूहले टन्न रक्सी खुवायो, ऊ भित्रैदेखि खुसी हुँदै बाजा बजायो ।

चुनावहरूमा जुन पार्टीले जिते पनि उसलाई रक्सी खुवाएर बाजा बजाउन लगाए, उसले रमाउँदै बाजा बजाइरह्यो । पेटको लागि बाजा बजाइरहेको साइँलोले हेर्दाहेर्दै चुनाव जित्नेहरू सहरमा बङ्गलाहरू ठड्याउन थाले, गाउँको माटोमा टेक्न घिनाउन थाले । उता साइँलोको गरिबि झनै उकालो लाग्दै गयो, अन्नपानीको अभावले परिवारजन छाला र हाड मात्र भए ।

“हाम्रो नेता हाम्रो देश…!” फेरि अर्को दौरा सुरुवाल समूहले साइँलोको रित्तो पेटमा रक्सी भरिदिए, उसले आफ्नो पीडालाई बिर्सेर उन्मुक्त भएर बाजा बजायो ।

समयले पात्रोहरू फेर्दै गयो । हिजो जयजयकारमा बाजा बजाएको साइँलोले फेरि जनआन्दोलन सफल भएको उपलक्ष्यमा बाजा बजायो ।

बहुप्रतिक्षित संविधानसभाको चुनाव आयो । एउटा पार्टीले साइँलो दमाईलाई टिकट दियो। साइँलो अचम्म पर्यो । हामी बाजा बजाउने नाथेलाई किन टिकट दिएका होलान् … कसले मलाई भोट देला …त्यति ठूला मन्त्री र सांसदले नजितेर म दमाइले कसरी जितुँला ….साइँलो दमाइँले सपना हो कि भनेर आफूले आफैँलाई चिमोट्यो ।

आज साइँलो दमाइँ अविरले रक्ताम्मे भई मालाको थुप्रोले थिचिएको छ र प्रतिज्ञा गरेको छ ।
“अब छालाको बाजा होइन सामन्तको बाजा बजाउने छु ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x