साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाबहादुर र पैसादेवी

Nepal Telecom ad

पैसा पोस्न सकेदेखि दुनिया मित्र बन्दछ
पैसाकै खेलले भोलि त्यै मित्र शत्रु बन्दछ

केटा होस् कि त केटी होस् पैसाले प्यार भेट्दछ
मान्छेले कम, पैसाले मान्छेको प्यास मेट्दछ

राम्रो नाना मिठो खाना पैसैले दिन्छ जोवन
पैसै ठूलो छ मान्छेमा पैसै भए छ यौवन

दामी साडी किनी दिन्छ जसै पैसा बहादुर
पैसादेवी खुसी हुन्छिन् सजाई देह सुन्दर

राम्रो गाडी चढी हिंड्छ जसै पैसाबहादुर
पैसादेवी उतै लाग्छिन् घुम्न जान सरासर

गहना गुरिया टन्न किन्छ पैसा बहादुर
पैसादेवी परी मख्खै उतै लाग्छिन् बराबर

पैसाले पद जोडिन्छ पैसैले पद खोस्दछ
गाई काटेर पैसाले गधाको देह पोस्दछ

मान्छे हो बुझ पैसैमा सबको हेलमेल छ
जे जे छ लोकमा आज पैसाकै चलखेल छ
कोलोराडो अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x