साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो त भो !

Nepal Telecom ad

किड्नी वा मुटु बाथ जोर–दुखुवा, मस्तिस्कघाती जन
फोक्सो कान र दृष्टिका अझ कयाैँ, रोगीहरूका मन ।
नाकाबन्द बढेर त्रस्त हुन गै, ज्यानै भयो जोखिम
सच्चा मित्र बनी विलम्ब नगरे, सद्भावमा पोखिन ।।१।।

जो छन् दीर्घ अशक्त ओखति नभै, बाँच्नै नसक्नेहरू
जो छन् सङ्कटकालका अझ कडा, रोगी बिरामीहरू ।
त्यस्ताको अब प्राण बाँच्न नसकी, मर्ने भए आखिर
नेता हो ! जनसेवी बन्न अबता, छोड्द्यौ नयाँ जागिर ।।२।।

खोक्रो भाषणले फुलेन कहिल्यै, यो देशको चाहना
बोक्रो आसनमा बसेर कहिल्यै, जानेन सम्वेदना ।
राम्रा कूटनयज्ञ बन्न कहिल्यै, मानेन नेत्रित्वले
हाम्रा दैनिक घोर जर्जर भए, के गर्छ वक्त्रित्वले ? ।।३।।

त्यत्रो भारत आज सानु मनमा, हेप्दैछ चेप्दैछ रे
हाम्रा नायक चाकडी कडी लिँदै, खेल्दै र चल्दै गए ।
आन्द्राभूँडी दिए दिए विगतमा, खोला र नाला अहो !
हेप्दै भारतले सबै थुनिदिँदा, हाम्रो त बेहाल भो ।।४।।

जे उद्योग थिए पिए अब सबै, गौंडा र नाका थुनी
जे व्यापार थिए सखाप हुन गै, झस्के नयाँ जीवनी ।
हेर्दैछन् रमिते बनी किन यहाँ, यू एन् युरोपी अहो !
चेप्दै भारतले सबै थुनिदिँदा, हाम्रो त बेहाल भो ।।५।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x