साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्वबोध

Nepal Telecom ad

साँझ–साझ् परेको बेला, सुनसान् बाटो र आफू एक्लो यात्री भएकाले अलि चनाखो भएर म जाँदै थिएँ त्यसै बेला मभन्दा करिब तिन सय मिटर जति पर अस्वाभाविक उज्यालो देखियो । त्यो नौलो दृश्यले मलाई आश्चर्यचकित बनायो साथसाथै पहिले त जिज्ञासु पनि । मेरा हिँड्दै गरेका पाइला टक्क अडिए जहाँको त्यहीँ । जतिजति त्यो अज्ञात प्रकाश पुञ्ज मेरा नजिक नजिक हुँदै आउँदै थियो उति उति मेरो शरीर चिसिँदै गै रहेको अनुभव गर्न थालेँ । मेरा बिपरित दिशाबाट मतिर आइरहेको उज्यालो पक्का पनि भूतप्रेत वा दोख हुनुपर्छ जो मलाई सलक्क निल्ने अभिलाषा राख्तछ भन्ने डर हाबी हुँदै जान थालेर ।

नठानोस् पनि किन र ! मैले आफूलाई जतिसुकै आधुनिक जमानाको निडर बनाउँन खोजे पनि आमा हजुरआमाका भूतप्रेत र तर्साउने मुर्कुटाहरूका कथाबाटै दिक्षित मन त छ नि मसँग पनि । लगभग मेरो एकप्राण गैसक्ता ऊ चिनिने ठाउँमा आइपुग्यो । जाज्वल्यमान आभाबाट घेरिएको उसको मुखाकृतिबाटै मैले उसलाई चिनेँ ऊ ईश्वर थियो ।

उसलाई चिन्नासाथ मेरा खुट्टाले भुइँ छोडौला झैं गर्न थाले तर मैले संयम अपनाएँ र योजना बनाउन थालें– “कम्तिमा पनि म रवीन्द्रनाथ ठाकुरको भिखारी जस्तो मूर्ख र कृपण हुनेछैन किन कि म नेपाली हुँ । नेपालीले बडो सुझबुझका साथ र आफूलाई खुबै दीन हीनका रुपमा प्रस्तुत गरेर माग्नु पर्छ भन्ने कुराको हेक्का हुनुपर्छ भन्ने प्रत्येक नेपालीमा कुट्कुट भरिएको हुन्छ तब न नेपाली !” भन्दै र आफू नेपाली भएकोमा गर्व गर्दै आफूलाइ पूर्णरूपले माग्न तयार पारें अनि मैले बगली छामे । मेरा दुवै बगली एक दुईका सिक्काले टन्न भरिएका थिए । मैले दुईटै बगलीलाइ हातैले जोखेर हेरें एक एक किलोका त थिए होला ।

अनि म दङ्ग परेर उसको प्रतीक्षा गर्न थालें घरमा भित्रिने दुई किलो सुन र भविश्यको मेरो रइसी जीवनको कल्पनामा रम्दै ।

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x