साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त होस पुर्याऊ ए बुढी बा !

Nepal Telecom ad

गाउँबाट हिँडदा बाले भन्नु भा‘थ्यो
बाबु खर्च थोरै छ यत्तिले पुर्याउनू,
जे सस्तो पाइन्छ त्यै किनेर ल्याउनू,
बाको पैसाले न खसी आउँदो र छ, न च्याङ्ग्रा आउँदो रछ,
यो शहरमा त सबैभन्दा सस्तो मन्त्री र सभासद पाउँदो रछ,
सधैं दशैंका च्याङ्ग्राहरू भक्तपुर सल्लाघारीमा राखिन्थ्यो,
यसपालि त बानेश्वरमा राख्न पा’रछ,
समावेशीको नाउँमा कैफियत भा’रछ,
खसीबोकाको हुलमा बाख्री धेरै मिसा’रछ ।

म दिक्क भएँ, र सरकारी बजारबाट
तरकारी बजारतिर गएँ,
नेताले नटेरेपछि अब त
जनताले तरकारीलाई गाली गर्न थालेछन्
त्यो अकवरे खुर्सानीलाई
ज्यानमारा खुर्सानी भन्न थालेछन्
त्यल्ले कसको ज्यानमार्यो, कल्लाई अप्ठेरो पार्यो ?
बिचरा जेमा हाले पनि
रम रम रम स्वाद दिने समावेशी सर्वहारा,
यो कस्तो देश हो ज्यानमारा चैं नेता
खुर्सानी चै ज्यानमारा ?
कस्तो देशमा जन्मिएछौं ?
कस्तो पानी पिएछौं ?
कस्तो आदत लागेछ ?
अब त बाउको पैसा लिएर
घरको सामान किन्दा पनि
कमिसन घिच्न मन लाग्छ
कस्तो चुनाव भएछ ? कस्तो नेता छाने छौं ?
संविधान सभाको हालत देख्दा,
यो भोट हाल्ने हातलाई पनि
सिलौटामा राखेर लोहोरोले किच्न मन लाग्छ ।

ठट्टा नगर्नु सिमानाबाट छिर्नेले पनि,
भित्र बसेर देश चिर्नेले पनि,
यहाँ देश बेचेर जनता किन्न पाउँदैन
नेपाली नबोल्नेले नेपालको झण्डा राखेर
हिड्न पनि सुहाउँदैन,
बुझ्नेले बुझ पचायो नबुझ्नेले त्यसै करायो,
हाम्रो नेपाल भन्ने शब्द हरायो,
मेरो हिमाल, मेरो पहाड, मेरो तराई,
त्यस्तो मुर्खै मुर्ख छान्न सक्ने
नेपाली जनतालाई मेरो बधाई,
हेर्नुस् सधैंको लुछाचुँडी
कैले भर्ने श्याल, गिद्ध र हुँडारको भुँडी ?
फलानालाई छवटा मन्त्री
ढिस्कानालाई नौवटा मन्त्री
फलानाकी स्वास्नी मन्त्री
फलानाकी छोरी मन्त्री
चुनाव जित्नु पर्दैन, कसैको पुत्री खा,
कसैको पुत्रो खा,
नेपाली जनताले हालेको भोट चैं भुत्रो खा,
अन्तरिम सम्बिधान जाँसुकै जा
अवत होस पुर्याऊ ए बुढी बा !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x