साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खामको दाम

Nepal Telecom ad

चावहिल सरस्वतीनगर स्थित मेरो घरमा दिउँसो दुईजना युवकहरू बहालमा बस्न कोठा खोज्दै आए । मैले पनि उनीहरूलाई सो कोठा देखाइदिएँ । कोठा हेरिसकेपछि चित्त बुझाएछन् क्यारे ! आएका दुईजनामध्ये एकले हामीलाई लक्ष्य गर्दै भने– उहाँ साथीको घर सिन्धुपाल्चोक हो । उहाँको भागी विवाह हो, उताको कार्यक्रम सकेपछि मात्र यही घरमा भित्र्याउने हो । आज दिनभरिमा कोठा तयारी गरेर जान्छौँ, एक हप्तापछि मात्र आउँछौ भनेर परिचय सहित बैना दिएर गए ।
एक हप्तापछि बेलुका १० बजेतिर नयाँ दुलहीलाई मूलढोकामा राखेर अरु बाँकी एक हुल मान्छेको लर्को घरभित्र छिर्यो । हामीलाई स्वागतको निम्ति निमन्त्रणा गरे । हामीले पनि यनिहाउ काम चलाउ जाने अनुसारको रीत पुर्याएर घरभित्र हुल्यौँ । रात निकै लम्बिएकाले नवदुलाहा र दुलहीसँग विदावारी माग्दै आ–आफ्नो गन्तव्यतिर लम्के जन्तीमा आएकाहरू । हामीले पनि त्यसै गर्यौँ । यो थियो पहिलो दिनको कुरा ।
रहँदै बस्दै गर्दा घरबेटी र नवदम्पतीको बीचमा हिमचिम बढ्दै गयो । उहाँहरू पनि हाम्रै पार्टीका रहेछन् अर्थात् नेवार जातिका । घर प्रवेश गरेको ठीक एक महिनापछि विवाहको भोज आयोजना गर्ने योजना बनाएका रहेछन् । नवदम्पती मिलेर एक चाङ कार्ड लेख्दै गर्दा हामीले देखेर सो कुरा खोलेका हुन् । सोही कार्यक्रम अनुसार हामीलाई पनि नवदम्पतीले संयुक्त भोजको निम्तो गरे । स्थान थियो– लैनचौर स्थित ब्याटमिन्टन कभर्ड हल । समय– बेलका ५ बजे ।
आयोजकले तोकेको दिनमै हामी स–परिवार भोज खान लैनचौर पुग्यौँ । हामी त्यहाँ चाँडो पुगेछौँ । एकछिन काठमाडौ नर्क डुल्यौ, त्यही मौकामा रु.२००/– को दाम खाममा राख्यौँ । काठमाडौँको चलन अनुसारको रीत पु¥यायौँ । पुनः भित्र पस्यौँ । त्यसवेला बल्ल शुरु हुने छाँटकाँट देखापर्यो । एक महिना पछिको बासी दुलही सजिएर रमितेहरूसँग रमाइरहेकी थिइन् । त्यही क्रममा निम्तालुहरूको उपस्थिति बिस्तारै बिस्तारै बढ्यो । त्यहीँको एक छेउमा उभिएर चारैतिर आँखा दौडाइरहँदा धेरै पटक मेरा आँखा दुलहीले समाएको उपहारमा गएर ठोक्कियो । भन्ठाने–यिनीहरूका आफन्तहरू सम्पन्न परिवारका रहेछन् । उपहारका सामानहरू सबै गहकिला मात्र, झिनामसिना उपहार त देख्दै देखिन । अँध्यारो बढ्दै गएपछि निम्तालुहरूको भीड अत्यधिक मात्रामा बढ्यो । त्यही मौका छोपी दुलाहाले हामीलाई भित्र जाउँ दाइ ! भन्दै कार्यक्रम स्थलतिर लगे । हामी पनि त्यहीको दुनियासँग नजिकियौँ । हामीले चिनेको तिनै नव दम्पती मात्रै हो । खोक्रो भुँडीलाई डम्म बनायौँ अनि दुलहीलाई रु.२००/ को खाम उपहार दिएर तिनै नवदम्पतीसँग विदावारी मागेर घर फर्कियौँ ।
भोलिपल्ट बिहानै बेहुली माथि उक्लेर हामीसँग हिजोको कार्यक्रमको बारेमा कुरा गर्न थालिन् । त्यस बीचमा धेरै थरिका कुराकानी भए । त्यसमध्ये दाइजो र खामको बिषय जोडदारसँग अघि बढ्यो । सिन्धुपाल्चोकतिर बोलिने नेवारी लवजमा लेध्रो तान्दै उनी बोलिरहिन्– है दिदी ! मान्छे कस्ता कस्तासम्म हँुदा रैछन्, खाममा ५०००/ देखि २००/ सम्म राखेका रहेछन् । २००/– राखेर त्यत्रो भोज खान आउन सक्ने, कस्ता लाज नभाका मान्छे होलान् भन्दै हामीलाई नै पो उडाएको उडायै । लौ मार्यो बा ! भन्दै कुरा मोड्न खोज्यो ज्यान गए कुरा मोडिएन । घुमिफिरि त्यही खाममा आएर कुरा अड्कियो । अप्रत्यक्ष रूपमा चोर पक्राउ परिहाल्यो । अब के गर्ने कसो गर्नेको चेपुवामा परियो । मनमनै उम्किने बाटो खोज्न थालेँ । मैले बेहुलीसँग सत्रथरी प्रश्न सोधेँ । उनले प्रश्नको उत्तर सहज रूपमा यसरी दिँदै भनिन्– सवै खामको बाहिरपट्टी धेरै रकम दिनेको नाम लेख्या थियो, तपाईको नाम चाहिँ देखिन । पक्कै पनि खाममा २०० राख्ने तपाई नै हो अरु कोही होइन भन्दै उनले ठोकुवा पो गरिन् । केही सीप नलागेपछि चुप लाग्नु नै वेस सम्झेर ङिच्च दाँत देखाएर हासिरह्यौँ ।
भोज खान जाँदा खाममा हालेको दामले भोज चोरमा मेरो नाम दर्ता भयो । तिनै भोजका नाइकेहरू त्यस पश्चात अन्तै डेरा सरे । अहिले पनि बाटोमा भेट्यो कि त्यही २००/ को कुरा उठाउलान् भनेर देखे पनि नदेखे झैं गरी टाप ठोक्ने गरेको छु ।

चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x