साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘लघु कथा लेखन परिचर्चा’ र कविगोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको नियमित मासिक कार्यक्रमको ३५७ औँ शृङ्खला फागुन १ गते शनिवार आर.आर.क्याम्पस परिसरमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘लघु कथा लेखन परिचर्चा’ विषयमा लघु कथा समाज, नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले चर्चा गर्नु भएको थियो । समारोहको सञ्चालन पूर्वार्धमा रूपक अलङ्कार र उत्तराद्र्धमा रमेश पोखरेलले गर्नु भएको थियो । अतिथिका रूपमा डा.षडानन्द पौडेल, डा.फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कवि कणाद महर्षि, हेटौँडाका कवि आर.सी.रिजाल र आनन्दराम पौडेल उपस्थित हुनु हुन्थ्यो ।

श्री ओम श्रेष्ठ ‘रोदन’ले लघु कथा अहिले लोकप्रिय लेखन बनि रहेको, प्रविधिको उच्च विकासका कारण मान्छेसँग लामो समय अध्ययनका लागि नभई रहेको वर्तमानमा लघु कथा पठन संस्कृति बढेको बताउनु भयो । उहाँले २००७ सालमा पूर्णप्रसाद ब्राह्मणको लघु कथा सङ्ग्रह प्रकाशित भएपछि लघु कथा लेखनको प्रारम्भ भएको; लघु कथाको सिद्धान्त, इतिहास, पृष्ठभूमि, समालोचना जस्ता केही अभिलेख नभएकाले यो विधा अलि पछाडि परेको, २०५४ सालमा रेयुकाइ नेपालसँग मिलेर यसका केही आधारभूत सिद्धान्त तयार पारिएको, जस अनुसार २५० शब्दसम्मको सीमामा लघु कथा लेखिनु पर्ने तय गरिएको उल्लेख गर्नु भयो । ‘लघु कथामा समकालीनता आवश्यक हुने, यसको आकार छोटो हुने भए पनि अहिले यसका प्रतिको आकर्षण बढेको छ, ऊर्वर बन्दै गई रहेको छ’ भन्ने धारणा रोदनले राख्नु भयो ।

बालकविहरू प्रयत्ना सिलवाल र अनुश्री आचार्यका कविता वाचनबाट गोष्ठीको थालनी गरिएको थियो भने मुकुन्द न्यौपाने, प्रेम सिलवाल, गोपाल नेपाल, कणाद महर्षि, रमेश गौतम ‘पाल्पाली’, लीलाराज दाहाल, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रशान्त खरेलले लघु कथा वाचना गर्नु भएको थियो । कविहरू रमेश पोखरेल, रूपक अलङ्कार, नवराज श्रेष्ठ, प्रदीप खद्योत, यशोदा अधिकारी, आर.सी.रिजाल, आनन्दराम पौडेल, कल्पना काफ्ले, पुण्य गौतम ‘विश्वास’, डम्बरध्वज लिम्बू, इन्द्रजित शर्मा चौलागाईँ, गोविन्द प्रसाद आचार्य, गणेश पौडेल र तारा गाउँलेले समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित रचनामाथि डा.षडानन्द पौडेलले टिप्पणी गर्नु हुँदै स्रष्टाको सिर्जना भन्नु नै महान कार्य हो, नवीन कार्य हो, कतै कसैलाई नामसारी नहुने सम्पत्ति हो । स्रष्टाका सृजना कृतिहरू अमर सन्तान हुन् भन्नु भयो । ‘लघु कथामा सार वस्तु, उत्कर्षतिर जाने अवस्था र अप्रत्यासित निष्कर्ष हुनु आवश्यक छ । त्यति भयो भने मात्र लघु कथा राम्रो र सफल मानिन्छ । लघु कथाको रचना गर्भ कतै न कतै कुनै न कुनै तरिकाले आइ दिनु पनि उचित हुन्छ ।’ पौडेलको कथन थियो ।

गोष्ठीका साभाध्यक्ष राम विनयले उपस्थित सबैलाई धन्यवाद दिँदै अर्काे कार्यक्रममा फेरि अर्काे कुनै विषय लिएर आउने बताउनु भयो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x