साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोझा प्रश्नका बाउँठा उत्तर– १

Nepal Telecom ad

प्रश्न– आधुनिक युवतीहरू दुवै हातको सदुपयोग कसरी गर्छन् ?
उत्तर– मेहेंन्दीले सिंगारेर र घरिघरि मुखमा खस्ने केशलाई सम्याएर ।
प्रश्न– नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन् किन ?
उत्तर– तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस भनेर ।
प्रश्न– सम्पादक कसलाई भन्छन् ?
उत्तर– जसले राम्ररी पाद्न सक्छ (अधोवायु त्याग्न सक्छ) त्यस्तोलाई सम्पादक भन्छन् ।
प्रश्न– एकातिर नोटको बिटो र अर्कोतिर पेस्तोल राखेर बस्ने यो कुन डाकुको तस्विर हो ?
उत्तर– डाकुको होइन, नुनावी उम्मेद्वारको तस्विर हो ।
प्रश्न– चलन हराउँदै गएको चुन्नीले छोप्ने कुरो नछोपेर घाँटीमा किन बेरेको होला ?
उत्तर– मौका मिले ओछ्याउन काम लाग्छ भनेर राखेको हो ।
प्रश्न– भोजभतेर र पार्टीमा ठूला हाकिम र नेता किा थोरै खान्छन् ?
उत्तर– किनभने घूस खाँदा खाँदा उनीहरूको भोक मरिसकेको हुन्छ, अर्थोक क्यै पनि उनीहरूलाई रुच्दैन ।
प्रश्न– केटाकेटलिाई घरबाट लैजाने, आफूखुशी आमाबाबुसँग पैसा असुल गर्ने र पछि केटाकेटी छाड्नेलाई अपहरणकारी किन नभन्ने ?
उत्तर– भन्नु हुन्न, किन भने उनीहरू बोर्डिङ स्कुलका प्रिन्सीपल हुन् ।
प्रश्न– कसैकसैले लामखुट्टेलाई धर्मात्मा किन भन्छन् ?
उत्तर– किनभने लामखुट्टेले पहिले तपाइँको प्राथृना गर्छ अनि मात्र तपाइँको सिकार गर्छ ।
प्रश्न– जीवनबीमा भनेको के हो ?
उत्तर– जीवनबीमा यौटा यस्तो सम्झौता हो, जसले तपाइँलाई जीवनभरि गरिब बनाएर राख्छ र मर्ने बेलामा धनी भएको आभास गराउँछ ।
प्रश्न– त्यस्तो को होला जो ज्ञानले भरिएको छ, तर क्यै पनि जान्दैन ?
उत्तर– पुस्तक राख्ने आलमारी ।
प्रश्न– केटाकेटीको परिभाषा के हो ?
उत्तर– केटाकेटी ती हुन्, जसलाई ती कामहरू गर्न दिइन्न, जुन काम तिनका अभिभावकले त्यो उमेरमा खूब रमाएर गर्थे ।
प्रश्न– केटाकेटीले गर्दा नै घर उज्यालो हुन्छ भन्छन् नि ?
उत्तर– एकदमै सत्य कुरा हो, किनभने केटाकेटीहरू बत्तीको स्वीच अन गर्छन् तर स्वीच अफ कहिल्यै गर्दैनन् । घर हरदम उज्यालो ।
प्रश्न– यो फटाहा युगमा साँचो बोल्ने पनि कोही होला र ?
उत्तर– किन नहुनु ! प्रायः केटाकेटी र जाँड खाएको मान्छेले साँचै बोल्छन् ।
‘प्रश्न सोझा ! उत्तर बाउँठा’ २०६३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x