सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सोझा प्रश्नका बाउँठा उत्तर– १

Nepal Telecom ad

प्रश्न– आधुनिक युवतीहरू दुवै हातको सदुपयोग कसरी गर्छन् ?
उत्तर– मेहेंन्दीले सिंगारेर र घरिघरि मुखमा खस्ने केशलाई सम्याएर ।
प्रश्न– नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन् किन ?
उत्तर– तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस भनेर ।
प्रश्न– सम्पादक कसलाई भन्छन् ?
उत्तर– जसले राम्ररी पाद्न सक्छ (अधोवायु त्याग्न सक्छ) त्यस्तोलाई सम्पादक भन्छन् ।
प्रश्न– एकातिर नोटको बिटो र अर्कोतिर पेस्तोल राखेर बस्ने यो कुन डाकुको तस्विर हो ?
उत्तर– डाकुको होइन, नुनावी उम्मेद्वारको तस्विर हो ।
प्रश्न– चलन हराउँदै गएको चुन्नीले छोप्ने कुरो नछोपेर घाँटीमा किन बेरेको होला ?
उत्तर– मौका मिले ओछ्याउन काम लाग्छ भनेर राखेको हो ।
प्रश्न– भोजभतेर र पार्टीमा ठूला हाकिम र नेता किा थोरै खान्छन् ?
उत्तर– किनभने घूस खाँदा खाँदा उनीहरूको भोक मरिसकेको हुन्छ, अर्थोक क्यै पनि उनीहरूलाई रुच्दैन ।
प्रश्न– केटाकेटलिाई घरबाट लैजाने, आफूखुशी आमाबाबुसँग पैसा असुल गर्ने र पछि केटाकेटी छाड्नेलाई अपहरणकारी किन नभन्ने ?
उत्तर– भन्नु हुन्न, किन भने उनीहरू बोर्डिङ स्कुलका प्रिन्सीपल हुन् ।
प्रश्न– कसैकसैले लामखुट्टेलाई धर्मात्मा किन भन्छन् ?
उत्तर– किनभने लामखुट्टेले पहिले तपाइँको प्राथृना गर्छ अनि मात्र तपाइँको सिकार गर्छ ।
प्रश्न– जीवनबीमा भनेको के हो ?
उत्तर– जीवनबीमा यौटा यस्तो सम्झौता हो, जसले तपाइँलाई जीवनभरि गरिब बनाएर राख्छ र मर्ने बेलामा धनी भएको आभास गराउँछ ।
प्रश्न– त्यस्तो को होला जो ज्ञानले भरिएको छ, तर क्यै पनि जान्दैन ?
उत्तर– पुस्तक राख्ने आलमारी ।
प्रश्न– केटाकेटीको परिभाषा के हो ?
उत्तर– केटाकेटी ती हुन्, जसलाई ती कामहरू गर्न दिइन्न, जुन काम तिनका अभिभावकले त्यो उमेरमा खूब रमाएर गर्थे ।
प्रश्न– केटाकेटीले गर्दा नै घर उज्यालो हुन्छ भन्छन् नि ?
उत्तर– एकदमै सत्य कुरा हो, किनभने केटाकेटीहरू बत्तीको स्वीच अन गर्छन् तर स्वीच अफ कहिल्यै गर्दैनन् । घर हरदम उज्यालो ।
प्रश्न– यो फटाहा युगमा साँचो बोल्ने पनि कोही होला र ?
उत्तर– किन नहुनु ! प्रायः केटाकेटी र जाँड खाएको मान्छेले साँचै बोल्छन् ।
‘प्रश्न सोझा ! उत्तर बाउँठा’ २०६३ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य