साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वसन्त

Nepal Telecom ad

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझैँ आउँछ हावा काठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रअरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिंडिरहेछ आकाशमा
तुवँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु– यो कस्तो वसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो!
यो कस्तो मुर्दा शहर हो !
सडकका दुई किानरमा वसन्तको स्ववागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैँ
रङ्गीन झण्डाहरु हल्लाइरहेका फूलका सानासाना बोटहरु

म हेरिरहेछु
र साँचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैँ
येा कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ?
या हर्षमा मुस्कान
आफै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो!
जता हेर्यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिरै बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गर्हुतङ्गो रातो फूल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरकेा मुखमा झुण्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दूस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो बसन्त !
खोइ मानिसहरुले चोला फेरेका ?
खाई घरहरुले बोक्रो फेरेका ?
खोइ ?
खोइ ?
खोइ ?
म चिच्याउन चाहन्छु―खोइ ?
तर खोइ मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटीखोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौ
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल―
एउटा खाली बोतल ?
(\’रुपरेखा\’ २०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x