सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिश्रका कविता सुन्दै…

Nepal Telecom ad

फाल्गुन ३०, २०७२ । पछिल्लो समय एकल सिर्जना वाचनको देशभर लहर चलेको छ । नारायणगढ स्थित नारायणी कला मन्दिरमा शनिबार भिन्न माहोल थियो । एक हजार रुपैयाँको टिकट काटेर साहित्य पारखीहरू रवीन्द्र मिश्रका कविता सुन्न पुगेका थिए । उद्देश्य परोपकारी थियो– सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमले अक्षयकोष स्थापना गर्ने ।

सञ्चारकर्मी तथा कवि मिश्रले कविता वाचनको सुरुआत ‘आमा’ कविताबाट गरे । लगत्तै ‘भूकम्पपछि’ र ‘तिमी भएनौ भने’ सुनाए । ‘म परोपकारी कविता मात्र वाचन गर्ने गर्छु’ उनी भन्दै थिए, ‘कविता सुन्न टिकट काटेर आउनुभएको छ, टिकटको सबै पैसा आश्रमको अक्षयकोषमा जम्मा हुने छ ।’ उता श्रोताबाट ‘पाप’ शीर्षकको कविता वाचन गर्न फर्माइस आएपछि उनले त्यसलाई पूरा गरे ।

कार्यक्रममा सहयोग गर्नेको ओइरो लागेको थियो । उनले कवितासँगै सहयोगीहरूको पनि नाम सुनाउँथे । त्यसपछि दर्शक र श्रोताकै चाहनाअनुसार ‘नेताजी तपाईं त सारे गन्हाउनुभयो’ कविता सुनाए । दर्शकले ताली बजाए ।
खुब देश बनाउँछु भन्नुहुन्थ्यो
आफैंलाई बनाउनुभयो
बडा शक्तिशाली हुनु हुँदो रै’छ
आफ्नो घरमा बत्ती बालेर
दूरदराजमा छायाँ पार्नुभयो ।

त्यस्तै ‘मुटुको भूकम्प र तिमी’, ‘युवा हो’, ‘यसरी पढौं कविता’, ‘तिमी ईश्वर, म मान्छे’, ‘बिचरा ऊ पनि मरेछ’ लगायत कविता पनि दर्शकले मन पराए । पौने पाँचदेखि साँझ ७ बजेसम्म कविता वाचन जारी रह्यो ।

झन्डै १२ लाख संकलन भएको कार्यक्रममा मानवसेवा आश्रम सञ्चालनमा जुटेकाहरूको बुबाआमालाई सम्मान गरिएको थियो ।

आश्रममा अहिले सडकका विभिन्न ठाउँमा फेला परेका ३७ जनालाई राखिएको छ । मिश्रका कविता दर्शक र श्रोताले आइतबार पनि सुन्ने अवसर पाए ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad