मरुभूमि नारायणखानु हुन्न
करोडौं कमाउनु हुन्छ घूस खानु हुन्न
विदेशी बोतलमै व्यस्त जुस खानु हुन्न ।
प्रभावशाली मान्छे जे बोल्यो त्यही हुन्न
मादकताले नमात्तिदा भूस खानु हुन्न ।
दुर्गमका जनता पीडामा पिल्सी राछन्
भान्सामा नलीखुट्टा स्कुस खानु हुन्न ।
आफ्नो देशको जडिबुटी विदेशतिरै गाछ
ओखतीमा चिलाउनेको झुस खानु हुन्न ।
भ्रष्ट भए पछि शान बेग्लै मान बेग्लै
कैलेकाहीं फ्राइ गरी उडुस खानु हुन्न ।
तुलसी बर पीपलको उहाँ पुरानो पुजारी
कुनै बेला घाँस खाँदा कुस खानु हुन्न ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































