साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज मानेर काज चल्दैन

Nepal Telecom ad

कुनै नेताजीको श्रीमतीले भनिन्– खै अचेल त हजूरले साहित्यिक कार्यक्रमहरूमा जानै छाड्नु भो । चुनाव दैलोमा आइसक्यो । एकछिन भए पनि अनुहारदेखाउन त जान पर्दैन र ?

चुनाउ आउन थाल्यो, यो मलाई पनि था’छ । तर साहित्यिक कार्यक्रमहरूबाट मनै मरेर आयो । जानै मन लाग्दैन । समयमात्र बर्बाद ! नेताजीले दाह्री काट्दै भने ।

धर्मपत्नी चम्किइन्– पहिले त कुनै पनि साहित्यिक कार्यक्रम छाड्नु हुन्थेन । जनसम्पर्क बढ्छ, चुनाउमा काम लाग्छ भन्नुहुन्थ्यो त ! अब के भयो ?

‘तिमीसँग के ढाँट्नु पहिले त्यै सोचेर जान्थें । मन नलागे पनि कविता सुने जस्तो गर्थें । ताली पनि बजाइदिन्थें । अचेल त स–साना भुरादेखि लिएर दाँत फुक्लेका बुढासम्म सब नेतालाई नै तारो बनाउँछन् । सबैले आफ्नो कवितामा नेतालाई नै गाली गर्छन् । घोचपेच गर्छन् ।

‘हालै एउटा समारोहमा कुनै स्कूले फुच्चीले नेताको वर्णन गर्दा ‘अनुहार कालो, मन झन् कालो, लुगा मात्र सेतो’ भन्ने कविता पाठ गरी । म त लाजले भुतुक्कै भएँ । संजोगले मैले सेतै कुर्ता र पाइजामा लाएर गा’ थिएँ । मन र अनुहार त भगवानले नै कालो पारेर पठाइ दिए, त्यसमा मेरो के दोष ।’– विचरा नेताले मायालाग्दो अनुहार पारे ।

नेताकी अर्धाङ्गिनी भा’हुनाले आधा नेता भैसकेकी पत्नीले संझाइन्– नेता भएर लाज मान्ने हो ? यसरी लाज मानेर काज चल्दैन । त्यस्तो परेमा मुकुन्द आचार्यको यो मुक्तक सम्झनुहोला–
म नेता हुँ मेरो कुनै धर्म हुँदैन ।
मैले गर्न नसक्ने कुनै कुकर्म हुँदैन ।
अपराध गरेर आत्महत्या गर्ने त मूर्ख हुन् ।
मेरो शब्दकोशमा त शर्म हुँदै हुँदैन ।

आजकल भने नेताजी फेरि गोष्ठीहरूमा देखिन थालेका छन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x