साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १२

Nepal Telecom ad

१. समय
समान अर्थ बोक्छन् जिन्दगी र काँचका चुराहरू,
काम गर्न नसक्नेले कोरल्छन् केवm कुराहरू,
समय हिजो जस्तो छैन आज बदलिएको छ,
ध्वाँस दिन्छन् बूढा बालाई जुँगा नउम्रका भुराहरू ।

२. कर्तव्य
अब देश खोक्रिदैंछ समस्याका छन् रासहरू
बन्द, आन्दोलन र तोडफोडले निम्त्याएको छ भासहरू
विकास नफल्ने भैगो, उन्नति चौपट बनेपछि –
बन्जर भूमिमा कसले चलाउने हलो ?
कसले लगाउने चासहरू ?

३. अन्तर
युद्धको हंकीडंकी छ अचेल,
बुद्ध कुक्रुक्क कक्रिएको कुनामा,
इमानदारहरू पाखा लागेका छन्
बेइमान निर्धक्क डुक्रिएको– मैदानमा ।

४. क्रमशः
संस्कृत लोप भएपछि संस्कृति हरायो
लोकगीत मुर्झायो पप करायो
ड्रमसेट र गिटारले हकारेपछि,
विचरा मादल थुर्थुर् डरायो ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x