साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको घोडा

Nepal Telecom ad

लाग्छ हेर्दा
बायुपङ्खी घोडा जस्तै
अहिले नै उड्ला जस्तो
देशको कुना काप्चासम्म
बुलेट ट्रेन झैं छुट्ला जस्तो
लाग्छ देख्दा यसले देशलाई
पिठमा राखेर गुड्ला जस्तो
हेर्दा लाग्छ
यसैमा नेपाल चढेर देश
संसार कुद्ला जस्तो
हेर्दा पनि चिल्लो चपिलो
टलक्क टल्कने
हसिलो, कसिलो झलक्क झल्कने
सिंहदरबार ओहर दोहर गर्दा देख्छु
यो घोडामाथि
कहिले काले, कहिले लाले
कहिले झाले, कहिले माले चढेको छ
हुँदा हुँदा त्यो घोडामा
कहिले त बनपाले समेत चढेको छ
म अचम्मित छु
घोडा सधैं त्यही परेको छ
तर घोडामा हरेक दिन
फरक फरक मनुवा चढेको छ
भन्छन् देशको घोडा हो त्यो
एउटा चढ्छ अर्कोले लडाउँछ
एउटा ढल्छ, अर्कोले पढाउँछ
मलाई यो घोडा छुन तल तल लाग्दैथ्यो
सिहंदरबारभित्र पस्ने रहर झन झन जाग्दैथ्यो
घण्टौँ लाइन लागेर
गेटमा पास मागेर
बल्ल घोडाको नजिक पुगियो
साँच्चैको भनेको घोडा त माटोको मूर्ति रहेछ
नक्कली घोडामा चढेर देश हाँक्ने
त्रिताालहरूको बनावटी फुर्ती रहेछ
नक्कली घोडा देखाएर
बाइपङ्खी घोडा भन्दै
ठगहरूले हामीलाई उल्लु बनाएका रहेछन्
घोडा के के गर्न सक्छ भन्दै
लुच्चाहरूले हामीलाई झल्लु बनाएका रहेछन् ।
अब हामीले यी ठगहरूलाई
घोडा होइन
गधा बनाएर लाद्नु पर्छ
भारी बोक्न सकेनन् भने
गोरु बनाएर भए पनि बाँध्नु पर्छ
घाँस हाल्यो भने
कमसेकम गोबर त देलान्
त्यो गोबर हालेर
अर्गानिक खेती ग¥यो भने
नेपालीले किन्न नसके पनि
विदेशीले त लेलान् ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x