साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुक महिमा

Nepal Telecom ad

गर्दा उन्नति तीव्र यो प्रविधिले संसार सानो भयो
साझा गाउँ समान विश्व अहिले आकाश छानो भयो ।
को टाढा र समीप हुन्छ अहिले ‘भू–ग्राम’मा फेरियो
सानो यन्त्र चलाउँदै घर बसी संसार नै हेरियो ।।

साथी भेट्न र खोज्न फेसबुकले बाटो बतायो तर
मान्छेमा मन छैन लाग्छ मुटुमा राखेछ झैँ पत्थर ।
मारी उच्च छलाङ यो प्रविधिले संसार फेरे पनि
मान्छे बस्दछ मूर्तितुल्य नजिकै बोल्दैन हेरे पनि ।।

फोटो टाँस्छ कि प्रेम गाँस्छ र त ऊ हेर्दा सधैँ व्यस्त छ
खेली खेल रमाउने हरघडी वा च्याटमा मस्त छ ।
आँखा जोत्छ र पत्र पोत्छ जसले त्यो देह नै लस्त छ
आस्था सङ्कटमा परेर कतिको सम्बन्ध सन्त्रस्त छ ।।

सिङ्गो विश्व बने नि गाउँ मनको मैदान सानो भयो
धेरै मित्र भए नि फेसबुकमा आफ्नै बिरानो भयो ।
बढ्छन्, द्वन्द्व, विकार वा कलुषता राखे झुटा तस्विर
आफ्नाको बदनाम, ज्यान कतिले फाले, झुकाए शिर ।।

पत्नी मस्त भएर फेसबुकमा खाना डढाए कतै
लोग्ने व्यस्त भएर फेसबुकमा बच्चा लडाए कतै ।
छोरा व्यस्त भएर फेसबुकमा बोल्दैन कैले सही
छोरी व्यस्त भएर फेसबुकमा आँखा नदेख्ने भई ।।

बाटोमा घरमा तथा सडकमा कक्षा भए तापनि
मान्छे व्यस्त रहन्छ फेसबुकको सच्चा पुजारी बनी ।
कोही पढ्न र लेख्न ज्ञान गुनको भण्डार भन्छन् तर
अर्काको बदनामका नियतले बिग्रन्छ आफ्नै घर ।।

निर्धो मानिस बन्छ जान्छ धन त्यो बुझ्दैन होला किन
टाढिन्छन् मन व्यक्तिका सहर नै ठान्नेछ ऊ निर्जन ।
राम्रो सोच लिएर फेसबुकको साथी बने वेश भो
लाग्ला ठेस फिरे कुबुद्धि सबले यो श्लोक सन्देश हो ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x