साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूरक स्वस्थानी

Nepal Telecom ad

कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब सभ्यताको चरमचुलीमा पुगेको मान्छे पुनः प्राकृतिकतातिर फर्कन लाग्छ । त्यसमाथि पनि यौनिक स्वतन्त्रतातिरको प्रत्यावर्तन विकसित देश, सभ्य समाज र संभ्रान्त परिवारका कुमार कुमारीहरू नकस्सिई संभव हुँदैन । त्यसैले हे अगस्त्यमुनि ! म जस्ता कुमारहरू त्यसबेला मात्र तिमीले लगाएको परिभाषामा पुग्न सक्नेछन्, जब सागरदेखि सगरमाथासम्म अनेकानेक अवतारहरू लिएर कामदेवका भान्जाभान्जीहरू पश्चिमबाट ओइरो लाग्ने छन् । हिप्पी हिप्पिनी नामधारी यी बहुभेषीहरूको वाहुल्य भएपछि वास्तविक अर्थमा दक्ष प्रजापतिको परजन्य मत्र्यमण्डलमा सार्थक हुनेछ । 

कुमारजीको यो भविष्यवाणी सुनी अगस्त्यमुनि प्रश्न गर्नुहुन्छ– हे कुमारजी ! तपाईं त्रिकालदर्शी कुमार हुनुहुँदो रहेछ । तर तपाईंले मलाई स्वस्थानीको कथा बताउँदा दक्ष प्रजापतिको परजन्मबारे केही पनि सुनाउनु भएको थिएन । अहिले संयोगवस प्रशङ्ग उक्किएको बेला सो पनि सुनाइ दिनु भए म बूढाको थोत्रो जिज्ञासा पूरा हुने थियो । अगस्त्यमुनिको यो प्रश्न सुनी कुमारजी आज्ञा गर्नुहुन्छ– हे महर्षि ! जब वीरभद्रले बोकाको टाउको ल्याई दक्षप्रजापतिको गिँडमा गाँसेर कृत्रिम शीरजडानको कठिन शल्यक्रिया सम्पन्न गरेथे, दक्षप्रजापति जुरुक्क उठेर यताउति गर्दै ‘म्याययय’ गरी कराउन थाले । उनकी विधवा भइसकेकी पत्नी विरणीले पुनः सधवा हुन पाएकोमा दुई थोपा हर्षाश्रु नत्थसम्म झारिन् । अनि, हत्त न पत्त उनले आफ्ना पुनर्जीवित पतिलाई स्वागत गर्दै दुबाको माला के पहिराउन लागेकी थिइन्, दक्षप्रजापतिले पत्नीको हातमै थुतुनो लगेर माला चपाई दिए । विरणी जिल्ल परी टोलाइन् । टाउको पछाडि फर्केका र खुट्टा अगाडि फर्केका उनका पतिदेव भरखरै विध्वंश भएको मण्डपमा आइमाईको गन्ध सुँघ्दै लरबरिन थाले । तर दृष्टि र गति बेग्लाबेग्लैतिर फर्केकाले उनको लरखर विचित्र भयो । जब उनी सिङ् उज्याएर कसैलाई झम्टन खोज्थे आफ्नै गोडाले उनलाई अर्कोतिर पु¥याइदिन्थ्यो । जब उनी गोडा उफारेर दगुर्न खोज्थे आफ्नै दृष्टिले उनलाई धोका दिन्थ्यो । फलस्वरूप उनी बराबर भ्याङल्याङ भ्याङलाङ लड्थे, विरणी हात समाएर उठाउँथिन् । उठिसक्ना साथ उनी पत्नीको हात टोकी उफ्रेर भाग्न खोज्थे तर फेरि भुईंमा भ्याङ्ल्याङ्ग पछारिन्थे र घिच्रो पसारेर म्याँ गर्थे । प्रजापतिको जिउ र अजापतिको टाउको लिएका दक्षको यो दशा देख्ता उपस्थितहरूलाई हाँस्नु न रुनु भयो । विरणीले साह्रै दिक्क भएर वीरभद्र र महाकालीसित पुनः प्रार्थना गरिन्– यसरी मान्छेलाई बोकाको टाउको जडिदिएपछि भोलिका शाखा सन्तान कस्ता होलान् त्यो विचार गरी मनुष्य जातिको भविष्य विकृतिबाट बचाइ दिनुभए हुन्थ्यो ।
तहा“ उप्रान्त हे अगस्त्यमुनि ! महाकालीले दक्षप्रजापतिकी पत्नीको माथमा हात राखी भनिन्– तिम्रा पतिले मति अनुसारको गति पाएकाले त्यसमा परिवर्तन गर्न मिल्दैन । बरू तिम्रो मातृत्वको ख्याल राखी म कतिसम्म वरदान दिन सक्छु भने तिमीले पछिपछि पाउँदै जाने सन्तानहरूमा स्वभाव बोकाकै भए पनि स्वरूप मान्छेकै रहने छ । यति वरदान दिएर महाकाली र वीरभद्र अन्तध्र्यान भए, उप्रान्त हे अगस्त्यमुनि ! विरणीले आफ्ना अजमुखी पतिदेवलाई डोर्याउँदै वैठकमा लगिन् र शान्तिपूर्वक वालिष्टमा विराजमान हुन अनुरोध गरिन् । तर दक्षप्रजापति कोठामा जथाभावी विघ्न विध्वंश गर्दै भौतारिन थाले । मालसामान भताभुङ्ग र नष्ट–भ्रष्ट भई केही समयभित्रै प्रजापतिको खोपी अजापतिको खोरमा परिणत भयो । पतिदेवका थुक र पिशावले निथ्रुक्क भिजेकी विरणी साँच्चै विरहिणी भएर एउटा कुनामा घोत्लिन थालिन् । घोत्लिँदा घोत्लिँदै आफ्नो देशकालबाट टाढाटाढा कताकता पुगेर उनको चेतना घुम्न थाल्यो । उनी स्वयं हजारौं हजार बोकामुखी सन्तानकी आमा, हजूरआमा र जिजुआमा बनिसकिछन् । उनका सन्ततिहरू विचित्र प्रकारका देखिन्थे । उनीहरूको आँखा विकासतिर फर्केको थियो भने खुट्टा ह्रासतिर, मुख शान्ति पाठ गरिरहेको जस्तो देखिन्थ्यो भने हात शस्त्र निर्माण गरिरहेको । समाजको यौनाचार झण्डै–झण्डै बोका–बाख्राकै जस्तो थियो । आहारको तानातान र अहंको हानाहानले घरिघरिमा थरिथरीका भित्री–बाहिरी युद्धहरू हुन्थे । सबैतिर हाहाकार मच्चाउँदा बडेबडे जखमले बोकाहरू एक अर्कासित सिङ जुधाइरहेको देख्दा विरणी आफैमा झस्याङ्ग तर्सिन् । तर्साहटले उनको तन्द्रा खुल्यो र उनले आफैसित प्रश्न गरिन्– के मेरो आगामी पुस्ताहरूको समाज त्यस्तै बोकाको समाज होओइन त ? उनी खलखली पसिना काढेर पछारिइन् ।

(अरुणोदय)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x