साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुनि मन्तव्य

Nepal Telecom ad

ने मुनिले पालनपोषण गरेर जोगाएकाले हाम्रो देशलाई नेपाल भनिएको भन्ने कतै पढेको थिएँ । भारतका एक विद्वान् डी मुनिको नेपाल मोह देख्दा यिनी ने मुनिकै सन्तान हुनुपर्छ भन्ने हाम्लाई लाइ’राछ । यिनी नेपालको राजनीतिमा यति गहिरो ज्ञान राख्छन्, हाम्रा प्रत्येक राजनीतिज्ञहरू कहिले सुत्छन्, कहिले उठ्छन्, कुन बाटोबाट कता जान्छन्, कसलाई भेट्छन् मात्र होइन, मनमा के सोच्छन् भन्ने पनि उनलाई ज्ञान हुन्छ । उनले भर्खरै नेपालका प्रधानमन्त्री केपी ओली महेन्द्रपथमा हिँड्दै गरेको कुरा एक पत्रिकामार्फत खुलासा गरेका छन् । हाम्रा चर्मचक्षुले देख्दा प्रधानमन्त्री ओली अरनिको पथको समेत प्रयोग नगरी हवाईजहाज चढेर चीन गएका हुन् तर मुनिको दिव्यचक्षुले हेर्दा उनी महेन्द्रपथबाट चाइना पुगेका हुन् । उनको विचारमा ओली र उनको पार्टी राजतन्त्रको चिन्तनबाटै निर्देशित शक्ति भएकाले महेन्द्रपथमा हिँड्नु स्वाभाविकै हो । महेन्द्रपथ भन्नाले राजा महेन्द्रले जस्तै चिनियाँ कार्ड देखाएर भारतलाई घुर्क्याउने प्रयास भन्ने बुझ्नुपर्ने रहेछ । मुनिले भनेपछि हामीले पत्याउनु पनि पर्छ । ऋषिमुनिहरू दिव्य ज्ञानी हुन्छन् । त्यसमा पनि ने मुनिका सन्तान डी मुनिको कुरो ।

नेपालजस्ता अविकसित र साना छिमेकी चलमलाएको, सहज सास फेरेको, यताउता आँखा लगाएको मुनिज्यूहरूलाई उत्ति मन पर्दैन उहिल्यैदेखि । ओलीजीले देशलाई मुनिजीहरूको टाङमुनिबाट बाहिर निकाल्न खोजेको देखिँदैछ । तर, मुनिज्यूहरूलाई लाग्छ, यो चलमल क्षणिक मात्र हो । डी मुनिज्यूका अनुसार नेपाल र चीनबीच दसबुँदे सम्झौता भए पनि त्यो कार्यान्वयनका लागि गरिएको होइन, भारतलाई तर्साउन र आफ्नो सत्ता लम्ब्याउन ओलीजीले प्रदर्शन गरेको चिनियाँ कार्ड मात्र हो । त्यस्तो नाथे कार्ड भारतले अलि जोडले फू गर्यो भने उडेर बेपत्ता हुन्छ भन्ने उनको विश्वास छ ।

नेपालविज्ञ डी मुनिले नेपाल र चीनबीच भएको दसबुँदे सम्झौताको चिरफार गर्दै भनेका छन्, ‘यी कुनै पनि लागू हँुदैनन् ।’ उनका अनुसार चिनियाँ रेल नेपाल आउने कुरा सपना मात्र हो । ६ हजार फिटभन्दा अग्ला कैयौँ पहाड चढेर हजारौँ किलोमिटर टाढाबाट रेल कसरी आउँछ ? चीनको चियान्जिङ बन्दरगाह नेपालबाट तीन हजार किलोमिटर टाढा छ, आउने जाने कुनै पूर्वाधार छैन जबकि भारतको हल्दिया एक हजार किलोमिटरको दूरीमा मात्रै पर्छ । त्यति टाढाबाट सामान ल्याउन नेपाललाई सम्भव छैन । मुनिको मन्तव्य छ, नेपालको सरकार र प्रशासन साह्रै कमजोर र भ्रष्ट छ । सरकार कुन बेला ढल्छ, पत्तो छैन । यस्तो बेला ओलीसँग सम्झौता गर्दा चीनले भारततिर हेर्दै, के भन्ला भनेर डराउँदै सही गरेको छ । त्यसकारण पनि यो कार्यान्वयन हुँदैन । त्यसैले, भारतले उत्तेजित हुने वा चिन्ता गर्नुको सट्टा खल्तीमा मधेसी कार्ड बोकी राख्नुपर्छ र बेलाबेला काठमाडौँलाई देखाउँदै गर्नुपर्छ । ‘कहाँ जालास् मछली मेरै ढडिया !’ आखिरमा नेपालले भारतकै शरण पर्नुपर्छ । मधेसीका मागका विषयमा दिल्लीले काठमाडौँसँग झुकेर कुनै सम्झौता गरिहाल्नु हुँदैन । मुनिज्यूको मन्तव्य ठीकै हो, भारतले किन झुक्ने ? झुक्ने काम त नेपाल, बंगलादेश, भुटानहरूको पो हो ।

यसरी दिनरात नेपालका बारे चिन्ता गरिरहने हाम्रै ने मुनिका सन्तान डी मुनिलाई वंशजका आधारमा नेपाली नागरिकता दिँदा कसो होला भन्ने एउटा जिज्ञासा मात्र ! आगे केपी ओलीज्यूको जो विचार ।

नेपाल, चैत्र २६, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x