बूँद रानाघोक्नु घोक्तै छु
म पुर्खा सम्झिंदै गाथा दिनक्कैं घोक्नु घोक्तै छु
हिजो यो देश टुक्रे थ्यो म जिब्रो आज टोक्तै छु ।
बनाई पीर पानी झैं चमेना झैं सबै चिन्ता
म भारी बोक्न जन्मेको हुँ भन्दै भार बोक्तै छु ।।
यहाँ गद्दार छन् छाडा, सबैले यो बुझे हुन्थ्यो–
‘कठै निर्दोष पुर्पुरो’ बनी हुस्सु म ठोक्तै छु ।।
खुँडा आफ्नै खुकुरीले बनाए देश नै तारो
कसोरी देशको रक्षा हुने हो ? सोच्नु सोच्तै छु ।।
कुनै बेला कसैलाई अवस्से काम लाग्ने छ
चुहाई बूँदका थोपा शीलामा लेख खोप्तै छु ।।
भैरहवा
Subscribe
Login
0 Comments
Oldest








































