साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक छोरा

Nepal Telecom ad

बाबाआमा गुरुजन सखा बिर्सिहाल्यो हितैषी
छोरा बिर्सी चलन घरको खान थालेछ भैँसी ।
चुल्ठो, मुन्द्रा, पृथक कपडा छैन यज्ञोपवीत
गायत्री के प्रतिदिन जपोस् वस्त्र लाएर पीत ।।

बिर्स्यो भाषा सरल र मिठो शब्द लालित्य झर्रो
अङ्ग्रेजीको लवज मिसिई बन्न थालेछ अर्रो ।
बिर्सी आफ्नो विगत गरिमा धर्म भाषा सपाट
धोयो क्यारे अब त उसले हात संस्कारबाट ।।

फेवाजस्तै तरल कविता पढ्न छाडे युवाले
पेवाजस्तै सरस र मिठा गीत बिर्से युवाले ।
ट्याम्को, झ्याली, मृदुल, मजुरा, खैँजडी धर्मराए
‘नेपाली हौँ’ महसुस हुने लोकबाजा हराए ।।

लट्ठे, काभ्रो, लसुन धनियाँ काउलो चिन्न छोड्यो
खोले फाँडो, तिहुन र ढिँडो जाउलो चिन्न छाड्यो ।
पाए पिज्जा सरस ममचा स्वाद मानेर खान्छन्
चुस्की मिल्ने चटपट चिसो पाइने ठाउँ जान्छन् ।।

नाताभन्दा पनि प्रिय भयो आज निर्जीव नोट
खैनी गुट्खा तरल मदिरा हुन्छ साथी चुरोट ।
बोके दाह्री अलिकति जुँगा वस्त्र लाई टिमिक्क
देखे सोझा सरल युवती पार्छ आँखा झिमिक्क ।।

उल्टो बाटो अनुगम गर्यो स्वच्छ आदर्शबाट
बाबा आमा अपरिचित झैँ ठान्छ निष्कर्षबाट ।
बेग्लै बानी पहिरन तथा भिन्न बाटो अँगाल्यो
छोरा ऐले फरक पथमा पाइला चाल्न थाल्यो ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x