साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरयाङ्ग

Nepal Telecom ad

लिफ्ट अनि लिस्नु यात जेसुकै हो भरयाङ्ग
मान्छेलाई माथि लाने भरयाङ्ग हो भरयाङ्ग
गन्न सके चुनावमा नोट पनि भरयाङ्ग
चढ्न जान्यो भने फेरि भोट हुन्छ भरयाङ्ग ।

लस्करै पो लागेको छ भरयाङ्गमाथि भरयाङ्ग
तिमी भरयाङ्ग, म नि भरयाङ्ग, हामी भरयाङ्ग
हामीमाथि सवार छन् बेसोमती भरयाङ्ग
हाम्रो करङ बनिरे’छ बापतीको भरयाङ्ग ।

कसैलाई चाकरीको ‘डिफेन्स’ हुन्छ भरयाङ्ग
कसैलाई टिकटपाउने ‘लाइसेन्स’ हुन्छ भरयाङ्ग
कसैको त जुँगा अनि दारी पनि भरयाङ्ग
कसैको चैं पारीसँगै सारी हुन्छ भरयाङ्ग ।

बुद्धिहिन लठुवालाई घस्ने तेल भरयाङ्ग
कसैको त जेल अनि नेल हुन्छ भरयाङ्ग
काठ फलाम्भन्दा कडा मान्छ बन्यो भरयाङ्ग
भरयाङ्गमाथि भरयाङ्ग चढी भान्से बन्यो भरयाङ्ग ।

आमा, काका, भिनाजु वा बाउ बन्छ भरयाङ्ग
जैलेसुकै छक्का पर्ने दाउ हुन्छ भरयाङ्ग
ताइतुइ केही छैन ताली खान्छ भरयाङ्ग
गजब छ कसैकी त साली बन्छ भरयाङ्ग ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x