साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसलमा उङ्याछु

Nepal Telecom ad

जागिर खाए भएन
बिदेश गए भएन
तरकारी खेती गरे भएन
सरकारी कामा देखी तरकारी कामसम्म
नभएपछि
फेरि व्यापार गर्ने सुर चल्यो
छोरोले गल्लीमा
एउटा पसल खोल्यो
नुनतेल चामल सब राखियो
उद्घाटनमा टोललाई नै डाकियो ।
ग्राहक पनि अजब गजबका
दुइचार दिन नगद लिने
त्यसपछि उधारो माग्ने
उधारो नदिँदा कता कता लाग्ने
उधारो दियो भने टोलै छोडि भाग्ने ।

कोही ग्राहक
जे छ माग्दैनन्
जे छैन त्यही खोज्छन्
कोक छ भने फ्यान्टा रोज्छन्
लौका छ भने भ्यान्टा खोज्छन्
कालो दालो छ भने पहेँलो रोज्छन्
पहेँलो छ भने रातो दाल रोज्छन्
जे छैन खाली त्यही मात्र खोज्छन् ।

कोही आउँछन्
पाउका पाउ लाउछन्
चिनी एक पाउ
दाल एक पाउ
गोलभेडा एक पाउ
खाली पाउ मात्रा खोज्ने
त्यसमा पनि सस्तो भाउ रोज्ने ।
रातभर उल्लु झै उङ्या छु
दिन भर कल्लु झै झुङ्या छु
ब्यापार नभएको झोकमा
कहिले केटाकेटिलाई
कहिले छोराछोरीलाई
कुखराले झै ठुङ्या छु
आज पनि होला कि
भोलि पनि होला कि भन्दै
झिगा मार्दै पसलमा रुङ्या छु ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x