साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लज्जाबोध

Nepal Telecom ad

भर्छन् कान सदैव काम नगरी खाएर बाँच्नेहरू
गर्छन् टिप्पणी काममा किन बढी सिन्को नभाँच्नेहरू ?
देख्ने लज्जित छन् यहाँ मुलुकमा निर्लज्ज गर्नेहरू
राखी स्वार्थ झुके बनी धनुषझैँ बोल्दा नडर्नेहरू ।।

भेटिन्छन् जहिले जता जति जना आदर्शवादीहरू
मेटिन्छन् कि त ती पलायन भई, बस्छन् नबोली बरू ।
अल्झेछौ मरुभूमि माझ कसरी यो प्यास मेटाउँछौ
अर्काको पिछलग्गु भैकन कहाँ गन्तव्य भेटाउँछौ ।।

अर्को थाप्छ र काँध उक्लिन तिमी गर्छौ जमर्को तर
बिर्सन्छौ किन काँधको गुण तिमी दिन्नौ कुनै उत्तर ।
सत्तासीन हुँदा भुली सब कुरा बस्छौ तिमी मौन भै
सत्ता बाहिर गर्जियौ किन तिमी कालो निलो मेघ झैँ ।।

आफूभित्र विवेक हुन्छ नबुझी लागेर हुइँय्यातिर
लड्छौ मानव भै तिमी कुकुरझैँ “सत्ता सिनो“ खातिर ।
तिम्रो च्यानलको रिमोट कसले राखेछ दिल्लीतिर
सिल्ली छौ र उडाउछन् सब जना खिल्ली उठाई शिर ।।

पर्छौ मख्ख मताधिकार छ भनी झुक्याउँछन्, फस्दछौँ
हामी भोट दिई जिताउन पुग्यौँ अन्धा त हामी न हौँ ।
हाम्रो सोच विवेक बन्धक बन्यो सत्ता चढे राक्षस
बिग्रे दोष छ बाँडिने तर लिने सप्रे ’स्वया्’ ले यश ।।

नेतामा न त देशप्रेम छ यहाँ हामी सबै मौन छौँ
हामी जीवित मात्र, सालिक भई हेरेर बस्ने न हौँ ।
मेटी यो सब मानचित्र यसले आफ्नो बनाई घर
जालान् बस्न विदेश शासक भनी लाग्यो मलाई डर ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x