साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्डियन

Nepal Telecom ad

सधैंजसो के गर्दै छौ मिष्टर ड्याहल भन्दै बिना सूचना मलाइ भेट्न आइपुग्ने मेरो अमेरिकन साथी गेरी सेफर्ड्ले अकस्मात फोन गर्यो र आदेश दिएझैं भन्यो– “मिष्टर ड्याहल, आज होटल याक एण्ड यतीमा डिनर मिटिङ छ त्यसैले साँझको ७ बजे होटलको स्विट नं.४१० मा आउँनु ।” र मैले के को मिटिङ ? को को सहभागी हुने ? कस्तो तयारी गर्नु पर्ने ? आदि केही सोध्न बुझ्न नपाउँदै उसले फोन काटी सकेको थियो दिउँसोतिर ।

अरुबेला त नेपाली डिसले मुख फेर्ने भन्दै मेरा घरमा धाउँने यो खैरेले के अचम्म गर्न लाग्या होला आज ? भनेर सोच्तै उसले दिएकै समयमा होटलमा पुगें अनि मोबाइलमा समय हेरें । नभन्दै दिएका समयमा मिनेट पनि मिस भएको रहेनछ । मन ढुक्क भयो ।

म पुग्ना साथै गेरीले उठेर मेरो स्वागत गर्यो र ऊसँगै बसेको अर्को मानिसतिर झुक्तै आधा अंग्रेजी र आधा नेपाली मिसाएर परिचय पनि गरायो– “उहाँ हुनुहुन्छ मिष्टर फर्न्यान्डिज, माइखल जेइ फर्न्यान्डिज । ठेन्थ रिचेस पर्सन अब् अम्म्यारिका इन दिस इयर ।” जो नेपालमा जलविद्युत र सिमेन्ट उद्योगमा लगानी गर्ने सोचले नेपाल आउनु भएको छ ।

मैले पनि उसलाई अभिवादनमा “हेलोउ” गरेँ उनीहरूकै स्टाईलमा अनि “हाम्रो देशलाई छनौट गर्नु भएकामा यहाँलाई हार्दिक स्वागत हाम्रो देशकातर्फबाट” भन्दै औपचारिकता पनि पूरा गरें र फेरि गेरीतिर फर्किएर मलाई निम्त्याउनुको कारण सोध्न मुख बाउन आँटेकोमात्र के थिएँ उसैले मलाइ सोफातिर इसारा गर्दै भन्यो– “बस्नुस् ।”

म बस्नासाथ ऊ शुरु भै हाल्यो– “मिष्टर फर्न्यान्डिज झण्डै एक बर्षदेखि नेपालमा आउँदै जाँदै गरिरहनु भएको हो । नेपालको व्यापारिक तथा औद्योगिक वातावरण बुझ्नका लागि र यसपटक चैं कानुनी प्रावधानका बारेमा बुझ्न चाहनु हुन्छ त्यसैले मेरो सल्लाहमा तपाइँलाई बोलाइएको हो ।”

त्यसपछिको धेरै समय व्यापार प्रधानकै कुरा गरेर बितायौँ । गेरीले मेरो नालीबेली सुनाइ सकेकाले होला मैले मेरो परिचय दिनमा धेरै समय लगाउनु परेन र ठिक्क कुराकानी सकिँदा लन्च पनि आइपुग्यो । टाइम मेनेजमेन्टको सही नमूना पेश गर्दै ।

लन्च सकिएर बिदावारी हुने बेलामा गेरीको सट्टामा माइकलले सोध्यो– “अब हामीले तपाईंलाई कहाँ छोड्नु पर्ला ?”
उसको व्यवहारले एकछिन त मलाई अक्क न बक्क बनायो । तै पनि मैले आफूलाई सम्हालेर भनें– “सम्भव भए घरैसम्म ।”

“सम्भव किन नहुने म्यान् ?” यसपटक माइकको सट्टामा गेरीले उत्तर दियो र टेबलमा रहेको चाबीको झुत्तो टिपेर माइकलाई दियो । अमेरिकाको दशौं धनी भनिएको माइक फर्न्यान्डिजले निकालेको गाडीले झन अर्को आश्चर्य थप्यो । गाडी थियो महिन्द्रा के यु भि ।

मैले आफ्नो कौतुहलता मेटाउन गाडीभित्र बस्नासाथै सोधिहाले– “तपाईं मान्छे अमेरिकी भए पनि गाडी त इण्डियन चढ्नु हुँदोरहेछ नि त ।”

“तपाईंले छाला र मेरो हाइटलाइमात्र आधार मानेर मलाई अम्म्यारिकन ओरिजिनको ठान्नुभयो होला तर म त इन्डियन ओरिजिनको अम्य्यारिकन हुँ नि त ।”

उसको भनाइपछि बल्ल मैले राष्ट्रियता बुझें अनि भारत छोडेर अमेरिकाको ग्रीनकार्ड लिइसकेका भए पनि किन भारतले रघुराम राजनलाइ बोलाएर रिजर्ब बैंक अफ इन्डियाको गभर्नर बनायो र राष्ट्रका ढुकुटीको चाबी सुम्पियो ? भनेर पनि ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x