साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसको भक्ति उसको शक्ति

Nepal Telecom ad

भक्तिले मिल्दछ शक्ति छ त्यसैले भक्त बन्दछन्
भक्तिबाटै सबै प्राप्ति गर्नमै भक्त व्यस्त छन्
देशका यी सबै भक्त दुई गुटमा विभक्त छन्
नेताका भक्त छन् कोहि कोहि इश्वर भक्त छन्

हरे राम हरे राम, राम राम हरे हरे !
हरे नेता हरे नेता नेता नेता हरे हरे !

समर्पण भावमा भक्त कोहि मन्दिर कोहि घरघर
कतै ब्रिफकेस कतै थालि पुजा अर्पणमा तत्पर
आआफ्नै भक्तिभावपूर्ण भजनमा भक्त व्यस्त छन्
यिनै भक्तहरूकै भर नेता इश्वर मस्त छन्

हरे राम हरे राम, राम राम हरे हरे !
हरे नेता हरे नेता नेता नेता हरे हरे !

ईश्वर भन्दा नेता के कम ? चलायमान प्रत्यक्ष झन्
ईश्वरले नसक्ने काम नेताले गर्न सक्दछन्
हृदयस्थ भए इश्वर नेता झन् शिर्षस्थ छन्
कम्तिमा डेढ फुट माथि नेता प्रष्ट सशक्त झन्

हरे राम हरे कृष्ण भोले बाबा हरे हरे !
हरे बिपी हरे केपी मार्क्स लेनिन हरे हरे !

आफूभन्दा नेता उच्च देखि ईश्वर त्रस्त छन्
तेत्तिस कोटी भए देवता नेता चौतिस कोटी झन्
भजन बेग्लै प्रसाद बेग्लै भक्तिभाव समान छ
तीर्थ बेग्लै पुराण बेग्लै कर्मकाण्ड समान छ

हरे राम हरे कृष्ण भोले बाबा हरे हरे !
हरे बिपी हरे केपी मार्क्स लेनिन हरे हरे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x