साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– २२

Nepal Telecom ad

१.ठेक्का दिऊँ
जनता गरिबीको समुद्र तर्न
गतिलो नाउको खोजी गर्छ,
नेता स्वार्थ पूर्तिका लागि
सधैँ चुनावको रोजी गर्छ,
चुनावसुनाव भाँडमा जाओस्
देश बिदेशीलाई दिउँ ठेक्का
गरे उसैले विकास गर्छ
नगरे मन मौजी गर्छ ।

२. राहु पस्यो
शान्त थ्यो मुलुक सुखी थे जनता
के दसा लाग्यो र राहू पस्यो ?
यी सिद्धान्त त सब देखावटी हुन्
देश बिगार्नै भनेर छट्टू साहू बस्यो ।

३. मौसम
रेडियोले आज पानी पर्छ भन्दा
दिउँसभरि टण्टलापुर घाम लाग्छ,
कृत्रिम अभाव नभएको विज्ञप्तिसँगै
यहाँ नुनतेल र खाद्यान्न पसलमा
बिहानैदेखि उपभोक्ताको लाम लाग्छ ।

४. सङ्कटकाल
सङ्कटकालसँगै
भट्टी र भट्टीवाल्नीहरू बढे
रक्सी खाने छुटले
युवाहरू दिउँसै सडकमा लडे,
आस्था र विश्वासको स्खलनपछि
सिद्धान्तहरू पनि सबै डढे ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x