साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार

Nepal Telecom ad

हजुरले भन्नुस् न त
यसपाली
भुकम्पले भत्काको घर पक्कै बन्ने हो
पहिरोमा पुरिएको बाआमालाई खोज्न
साँच्चै खन्ने हो
निरङ्कुश भनेर हामीले फालेको
सरकारले पनि यस्तै भन्थे
प्रजातन्त्र भनेर हामीले पालेका
सरकारले पनि यस्तै भन्थे
हजुर त हामीले लडेर ल्याको गनतन्त्रे सरकार
पक्कै झुठो बोल्नु हुन्न होला सरकार
भन्नुस् त
यसपाली जाडोमा पक्कै कम्बल पाउने हो ?

विदेशीले पठाको राहत साँच्चै आउने हो
हजुरले देशको ढुकुटी कुटु कुटु खाँदा
हामीले टुलु टुलु हेरिरहिम
हजुरले सडक, पुल,खोला सुटुसुटु खाँदा
हामीले लाटोले झै हेरिरहिम
भन्नुस त नढाटीकन सरकार
हाम्रो पसिना खाएर हजुर
अब कहिले अघाउने हो
हजुरको लागि हामीले रगतको खोलो
कहिले सम्म बगाउने हो ?

सरकारले भनीसिन्छ भने
हजुरको लागि अझै रगत दिन तयार छौ
हामी रगत दिएर
उडुसलाई पनि पालेकैछौँ
मच्छेरलाई पनि पालेकै छौँ
जुकालाई पनि पालेकै छौँ भने
हजुरलाई पाल्न के गाह्रो
हामपन्थी सरकार आए पनि
बामपन्थी सरकार आए पनि
लामपन्थी सरकार आए पनि
खामपन्थी सरकार आए पनि
हामीले त खाली नयाँ नयाँ सरकार हेर्ने हो
तर थाह छैन यसरी
कसले सरकार घरी घरी फेर्ने हो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x