साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त एक नम्बरमा परें

Nepal Telecom ad

जीवनमा कै त गर्नै प¥यो
सके नाम पनि
न सके दाम त जोर्नै पर्यो 
के के गर्न सकिन्छ त
यसो मनमा अनेक बिचार सोच्न थालेँ
क्यै उपाय छ कि खोपडीलाई घोच्न थालेँ
खेतीपाती गरुँ त गरेको लागत न उठ्ने
उद्योगधन्दा गरुँ त आर्थिक तागत नजुट्ने
ब्यापार ब्यवसाय गरुँ भने बाजेले पनि नगरेको काम
केही दिन यसो सोचेँ कि बरु अब विदेशतिर पो जाम
केही महिना विदेशतिरै जाने सवार चालेँ
भिसा नलागेपछि विदेस जाने नि भूत फालेँ
अनेक उपाय सोच्दै छोरोले केही दिन कुर्यो
एक दिन मगजमा गजवको उपाय फुर्यो
सरकारी जागिरमा जाने
टन्न घुस खाने
यसरी घुस खाने कि एक नम्बरमा पर्ने
त्यसको लागि जे गर्नु परे बरु गर्ने
ब्यापारमा जस्तो कुनै रिस्क पनि नहुने
खेतीपातीको जस्तो इन्कमको फिक्स पनि नहुने
जागीरमा त लगानी पनि नचाहिने
सित्तैमा मनोरन्जन पनि गर्न पाइने
अब यसैमा पसेर भ्रष्टाचार यसरी गर्ने कि
साँच्चै एक नम्बरमा नै पर्ने
खाने खुवाउने गरेपछि त
हाकिमका के कुरा
मन्त्री, माननीय पनि मुठ्ठीमा आउँछन्
उनीहरूकहाँ जानै पर्दैन
ती खोज्दै मेरै कुटिमै धाउँछन् ।
दृढकासाथ जागिर छिरेपछि
वीरताकासाथ घुस खाइयो
अरुलाई खुवाएपछि त
सबको वावाही नि पाइयो
कति हाकिमका जग्गा जोडाइ दिइयो
कति मन्त्रीका घरै ठडाइ दिइयो
बुद्धुहरू भ्रष्टाचारमा परेर जेलको हावा खाए
नखाने लिद्धुहरूले सरुवाको खेलको कावा खाए
आफूले पद पनि छानी छानी खाइयो
विभाग पनि छानी छानी पाइयो
रिटार्यड भएपछि पनि आफू त
फेरी राजनीतिक नियुक्तिमा परियाछ
राजनीतिमा पसेपछि के को डर
झन छानी छानी भ्रष्टाचार गरियाछ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x